नेपाली सेनालाई इजरायली सेनाको प्रतिआतंकवाद सम्बन्धी सैन्य तालिम « Khabarhub

नेपाली सेनालाई इजरायली सेनाको प्रतिआतंकवाद सम्बन्धी सैन्य तालिम


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले नेपाली सेनालाई प्रतिआतंकवाद सम्बन्धी विशेष सैन्य तालिम प्रदान गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले नेपाल भारतविरुद्ध परिचालित आतंकवादी समूहको आश्रयस्थल बन्न सक्ने भन्ने प्रतिवेदन सार्वजनिक गरेको केही हप्तापछि इजरायली डिफेन्स फोर्सले नेपाली सेनालाई विशेष सैन्य तालिम दिएको हो ।

नेपाली सेनाको प्रतिआतंकवाद कारबाहीका लागि स्थापना भएको भैरबनाथ ‘घ’ लाई इजरायली सेनाले सो तालिम दिएको हो।

गत आइतबारबाट शुरु भएको तालिम आतंकवाद बिरुद्धको सैन्य कारबाही, आतंकवादीबाट हुनसक्ने हवाईजहाज अपहरण र महत्वपूर्ण व्यक्ति तथा स्थानको सुरक्षा लगायतका विषयमा केन्द्रित रहेको थियो । तालिमको बुधबार समापन गरिएको हो ।  समापन कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि इजरायलका राजदूत बेनी ओमार समेत उपस्थित भएका थिए ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘इजरायली सेनासँग यस बिषयमा लामो अनुभव छ, त्यो साटासाट भयो।’

तालिम निरीक्षणको क्रममा प्रधानसेनापति थापाले आतंकवाद तथा जटिल र संवेदनशील सुरक्षा चुनौतीहरुको सामना गर्न नेपाली सेना सक्षम रहेको र यस तालिमबाट दुवै देशका विशेष फौजहरुको पेशागत ज्ञान, सैनिक कला तथा अन्तरप्रणाली (इन्ट्रोप्रोबाबिलिटी) सहकार्य क्षमता बढाउने अवसर प्रदान भएको बताए।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ५ : ०० बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल