आज कांग्रेस केन्द्रीय समिति बैठक, सहमतिमा नआए पेलेरै जाने संस्थापन पक्षको तयारी « Khabarhub

आज कांग्रेस केन्द्रीय समिति बैठक, सहमतिमा नआए पेलेरै जाने संस्थापन पक्षको तयारी


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास भने अझै सफल हुन सकेको छैन ।

आन्तरिक विवाद समाधान गर्ने पटक पटकको प्रयास सफल भएसँगै संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ । सहमतिका लागि केन्द्रीय समिति बैठक स्थगित गर्दै आएको संस्थापन पक्ष अब भने असन्तुष्ट पक्षलाई नकुर्ने रणनीतिमा पुगेको नेताहरुले बताएका छन् ।

सहमतिका लागि बिहीबार साँझ उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच भएको छलफल बिना निष्कर्ष सकिएको थियो ।

सहमतिका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै देउवा पक्षका नेताले केन्द्रीय कार्यसमिति बैठक अघि बढाउन दवाव दिएका छन् भने, आफ्ना माग पूरा नभए बैठकमा सहभागी नहुने असन्तुष्ट पक्षका अडान कायमै छ ।

बैठकमा भ्रातृ संस्थाको महाधिवेशन, नेपाल विद्यार्थी संघ, तरुण दलको कार्यकाल थप गर्ने, पूर्णता पाउन बाँकी विभाग, समितिलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १० : २८ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष