आज कांग्रेस केन्द्रीय समिति बैठक, सहमतिमा नआए पेलेरै जाने संस्थापन पक्षको तयारी « Khabarhub

आज कांग्रेस केन्द्रीय समिति बैठक, सहमतिमा नआए पेलेरै जाने संस्थापन पक्षको तयारी


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास भने अझै सफल हुन सकेको छैन ।

आन्तरिक विवाद समाधान गर्ने पटक पटकको प्रयास सफल भएसँगै संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ । सहमतिका लागि केन्द्रीय समिति बैठक स्थगित गर्दै आएको संस्थापन पक्ष अब भने असन्तुष्ट पक्षलाई नकुर्ने रणनीतिमा पुगेको नेताहरुले बताएका छन् ।

सहमतिका लागि बिहीबार साँझ उपसभापति विमलेन्द्र निधि र असन्तुष्ट पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वमा हृदयराम थानी र दिलेन्द्रप्रसाद बडुबीच भएको छलफल बिना निष्कर्ष सकिएको थियो ।

सहमतिका नाममा पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै देउवा पक्षका नेताले केन्द्रीय कार्यसमिति बैठक अघि बढाउन दवाव दिएका छन् भने, आफ्ना माग पूरा नभए बैठकमा सहभागी नहुने असन्तुष्ट पक्षका अडान कायमै छ ।

बैठकमा भ्रातृ संस्थाको महाधिवेशन, नेपाल विद्यार्थी संघ, तरुण दलको कार्यकाल थप गर्ने, पूर्णता पाउन बाँकी विभाग, समितिलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १० : २८ बजे

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब

प्रतिनिधिसभा निर्वान : देशभर १० हजार ९६७ मतदान स्थल कायम

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ५ गते शनिबार तदनुसार

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक