टाउको ठोक्किएर चोट लाग्दा हुनसक्छ स्मरणशक्ति गुम्ने खतरा « Khabarhub

टाउको ठोक्किएर चोट लाग्दा हुनसक्छ स्मरणशक्ति गुम्ने खतरा


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै फिल्म वा चलचित्रमा दुर्घटनामा टाउको ठोक्किएपछि स्मरण शक्ति गुम्ने र आफू र आफन्तको विगत भुल्ने गरेको देखेका छौ । तर यो कुरा धेरै हदसम्म सत्य रहने गरेको छ ।

यसो भन्दैमा चलचित्रमा देखाएझै टाउको ठोक्किएपछि व्यक्तिले आफ्नो सबै विगत भुल्ने र फेरि अर्को पटक ठोक्किएपछि फर्कर्छ भन्ने चाहि हुँदैन । टाउकोमा चोट लाग्दा उसको दिमागमा पर्न गएको क्षतिअनुसार केही समयको वा केही कुराहरु भने उसले भुल्न सक्छ । टाउकोमा लाग्ने चोट अर्थात हेड इन्जुरीपछि मानिसको स्मरण शक्तिमा हुने असरलाई ४ प्रकारमा वर्गीकरण गरीन्छ ।

क) इमिडेट मेमोरी लस (तत्काल स्मरणशक्ति गुम्ने)
ख) सर्ट टम मेमोरी लस (छोटो समयको स्मरणशक्ति गुम्ने)
ग) लङ टम मेमोरी लस (लामो समयको लागि स्मरणशक्ति गुम्ने)
घ) टोटल मोमोरी लस (सम्पूर्ण स्मरणशक्ति गुम्ने)
तर प्रायजसो दुर्घटना पछि मानिसमा इमिडेट मेमोरी लस र सर्ट टम मेमोरी लस बढी हुने गर्दछ ।

इमिडेट मेमोरी लस

यसमा प्रकारको समस्यामा ब्यक्तिले दुर्घटना भएपछि सो अगाडिको केहि निश्चित समयको घटनालाई बिर्सने गर्दछ । जस्तो: दुर्घटना कुन समयमा, के कारणले भयो वा त्यसपछि के भयो सो कुरा याद रहदैन । उसलाई घरबाट हिडेकोसम्म याद रहनसक्छ ।

सर्ट टम मेमोरी लस

सर्ट टम मेमोरी लसमा दुर्घटना भएको एक हप्तासम्मका घटनाहरु याद नहुन सक्छ । अर्थात दुर्घटना पछिको स्मरणशक्ति नर्फउन्जेलको अवधिमा भएका सबै घटना उसले याद गर्न सक्दैन । यसलाई एन्टेरोगेड एम्नेजिया पनि भनिन्छ ।

किन बिर्सन्छ मान्छेले घटना ?

मस्तिष्क एक प्रकारले कम्प्युटर जस्तै हो । मस्तिष्कमा धेरै स्मरण केन्द्र हुन्छन् । दुर्घटनामा पर्दा मानिसको मष्तिकमा परेको चोटको आधारमा घटनालाई आधारमा स्मरणशक्ति गुम्ने हुन्छ । यस्तोमा मष्तिकमा क्षति भई बिर्सने संभावना हुन्छ । चोट लाग्दा मस्तिष्क हल्लिएर वा क्षति भएर स्मरण गुम्ने हुन्छ । यस्तोमा एक तिहाइमा स्मरण शक्ति गुम्ने संभावना हुन्छ । यो ठूलो समस्या भएकाले बिरामीका लागी अनेकौं समस्या उत्पन्न हुन सक्छ ।

स्मरणशक्ति गुमेकालाई के गर्ने ?

स्मरणशक्ति गुम्नु भनेको बिरामी आफैंलाई मात्र नभई समाज, परिवार र राज्यका लागि पनि ठूलो चुनौती हो । यस्तोमा स्मरणशक्ति बढाउन बिरामीलाई औषधि सहित फिजियोथेरापी गराउने वा पुनस्र्थापना केन्द्रमा राख्न पनि सकिन्छ । कतिपय अवस्थामा स्मरणशक्ति गुमेका केही बिरामीलाई सबै कुराहरु सुरुदेखि नै सिकाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १० : ४४ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका