१०० जना सवार विमान दुई तले घरमा ठोकिँदा १४ जनाको मृत्यु « Khabarhub

१०० जना सवार विमान दुई तले घरमा ठोकिँदा १४ जनाको मृत्यु


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काजकिस्तान– काजकिस्तानमा १०० मानिस सवार विमान दुर्घटना भएको छ । अधिकारीहरुका अनुसार जसमध्ये १४ जनाको मृत्यु भएको छ ।

हवाई अड्डाका अधिकारीहरुका अनुसार शुक्रवार विहान अल्माटी विमानस्थलबाट उडान भरेको केही समयमा नै बेक एयरको विमान दुर्घटनामा परेको थियो ।

अहिले सम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानस्थलले बताए अनुसार घाइतेहरुलाई बाहिर निकालिरहिएको छ ।

यो विमान काजकिस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट देशको राजधानी नूरसुल्तान जाँदै थियो ।

विमानस्थलका अनुसार विमानमा ९५ यात्रू र चालक दलका पाँच सदस्य थिए ।

दुई तले घरमा ठोकिनु अघि स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा विमानले नियन्त्रण गुमाएको थियो । विमानमा आगलागी भएको कुनै समाचार नआएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ११ : ०४ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना