पछिल्लो पाँच महिना सुनको आयातमा ६३ प्रतिशतले कमी « Khabarhub

पछिल्लो पाँच महिना सुनको आयातमा ६३ प्रतिशतले कमी


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सुनको आयात घटेको छ ।

सुनको आयात साउनदेखि मंसिरसम्मको पहिलो पाँच महिनामा ६२.६८ प्रतिशतले घटेको हो । चालू आर्थिक बर्षको पाँच महिनामा वाणिज्य बैंकहरुले १२ सय ५० किलो सनु आयात गरेका छन् भने गत बर्ष सोहि अवधिमा वाणिज्य बैंकहरुले ३३ सय ५० किलो सुन आयात गरेका थिए ।

चालू आर्थिक वर्ष सुरु भएदेखि नै सुनको मूल्य लगातार बढेपछि स्थानीय बजारमा सुनको माग ह्वात्तै घटेको थियो । चालु आर्थिक बर्ष लाग्नु पूर्व ६० हजार रूपैयाँ प्रतितोला कारोबार हुँदै आएको सुनको मूल्य साउन लागेसँगै लगातार बढ्दै प्रतितोला ७३ हजार ५ सय रूपैयाँ सम्म बृद्धि भए पछि बजारमा सुनको माग घटेको थियो ।

बजारमा माग घटेसँगै आयातमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए । मूल्य बढेका कारण चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैकहरूले सुन आयात गर्नै छाडेका थिए ।

चीन र अमेरिकाबिचको व्यापार युद्धका कारण लगातार सुनको मूल्य बढेको र सुन आयत नै बन्द भएको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।  ‘मूल्यको प्रभाव एसियन र युरोपियन दुबै देशमा पर्न गयो’ शाक्यले भने ‘त्यसकारण सुरुका ३ महिना त सुन आयत बन्द भयो ।’

गत कात्तिक १८ को मन्त्रिपरिषद बैठकले सुन–चाँदीको भन्सार दर बढाएको थियो । सरकारले प्रति १० ग्राम सुनको भन्सार दर ५ हजार रूपैयाँबाट बढाएर ६५ सय रूपैयाँ पुर्‍याएको थियो ।

चाँदीमा प्रति १० ग्राम ५६ रूपैयाँबाट बढाएर ७५ रूपैंयाँ पु¥याएको थियो । त्यसअघि चालू आवको बजेटमार्फत प्रति १० ग्राम सुनको भन्सार दर ४२ सय रूपैंयाँबाट बढाएर पाँच हजार रूपैंयाँ पुर्‍याइएको थियो । व्यवसायीले माग बढाएसँगै वाणिज्य बैकहरूले पुनः आयात गरेका थिए । कात्तिकदेखि वाणिज्य बैकहरूले पुनः नयाँ सुन आयात गर्न थालेका हुन् ।

विवाहको सिजन र बढेको मूल्यले स्थायित्व पाएसँगै स्थानीय बजारमा सुनको खपत बढेपछि वाणिज्य बैकहरूले गत कात्तिकमा ६ सय केजी आयात गरेका थिए भने मंसिरमा ५० किलो बढाउँदै उनीहरूले ६ सय ५० किलो सुन आयात गरेको थिए । पुस लागेयता भने वाणिज्य बैकहरूले सुन आयात गरेका छैनन् ।

हालको बजारको अवस्थाले गत वर्षको तुलनामा सुनको खपत स्वाट्टै घट्ने देखिएको छ । हाल सम्मको आयातको परिमाणले पनि यसलाई पुष्टि गरेको हो । गत वर्ष आयात भएर ७ हजार ४ सय ५० किलो सुन स्थानीय बजारमा आएको थियो । चालु आवको पहिलो पाँच महिनामा जम्मा १२ सय ५० किलोमात्रै आयात भएको छ । मंसिरमा थप ५० किलो सुन आयात भएको शाक्यको भनाइ छ ।

यतिबेला भन्सार तिरेर आएको सुन स्थानीय बजारमै खपत भइरहेको दाबी उनको छ । किनकि अहिले नेपालमा भन्दा भारतीय बजारमा सुन महँगो छ । जसले नेपाली भन्सारबाट आएको सुन भारतीय बजारमा पुग्ने सम्भावना नरहेको शाक्यको भनाइ छ ।
नेपाली बजारमा दैनिक २५ किलो सुनको माग रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ११ : ४१ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको