कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक पटक स्थगित हुँदै आएको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला, रमेश लेखक लगायतको छलफलपछि महाधिवेशन कार्यतालिका ल्याउने तयारी भएको हो ।

सभापति देउवासँगको छलफलपछि आगामी पुस २७ देखि ३० सम्म महाधिवेशन गर्ने गरी तालिका ल्याउने र तत्काल प्रक्रिया सुरु गर्ने निष्कर्ष निकालिएको हो ।

कार्यतालिकालाई अन्तिम रुप दिन कार्यबाहक सभापति खड्काले महामन्त्रीद्वयलगाय नेताहरुसँग थप छलफल गर्दैछन्  ।
पार्टी महाधिवेशन आगामी फागुन २१ को निर्वाचन अघि कि पछि भन्ने विवादले गत असोज २८ गते सुरु भएको केन्द्रीय समिति बैठक टुंगोमा पुग्न सकेको छैन ।

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते हस्ताक्षर बुझाएका थिए । विधानअनुसार हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : ३६ बजे

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी