सभामुख छान्न नेकपामा ‘सकस’ : आजको संसद बैठक सर्ने « Khabarhub

सभामुख छान्न नेकपामा ‘सकस’ : आजको संसद बैठक सर्ने


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ सभामुख चयनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मा कुरा मिल्न नसकेपछि प्रतिनिधिसभामा सभामुख चयन प्रक्रिया केही दिन पर सर्ने भएको छ ।

नेकपामा सभामुखका लागि उम्मेदवारमा सहमति नभएकै कारणले प्रतिनिधि सभाको आज १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित हुने सम्भावना बढेको छ ।

संसदको सम्भावित कार्यसूचीमा आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनका लागि दिन निर्धारण गर्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

तर सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच सभामुख कसलाई भन्ने सहमति बन्न नसक्दा आजका लागि बोलाइएको संसद स्थित हुन सक्ने सम्भावना बढेको हो ।

‘आज संसदको बैठक बस्ने संकेत देखिएको छैन। सूचना टाँसेर स्थगित हुने सम्भावना बढेको छ,’संसद सचिवालयका एक कर्मचारीले भने,‘पुस १६ गतेका लागि बैठक सर्ने सम्भावना रहेको छ ।’

नेकपाबाट छलफलका लागि अलिकति समय चाहियो भन्ने कुरा आएपछि बैठक १६ गतेका लागि सार्ने तयारी भएको उनले बताए ।

यसबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने उनको भनाइ छ । तर कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको भने छैन ।

नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

पूर्वएमाले पक्षले पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमाओवादीले अग्नि सापकोटालाई अघि सारेपछि नेकपामा सभामुख कसलाई बनाउने भन्ने निर्णय हुन सकेको छैन ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच कुराकानी भएर टुंगो लगाउने तयारी गरिएको भएपनि । बुधबार गृहजिल्ला चितवन गएका प्रचण्ड बिहीबार पनि चितवन नै बसे । जसका कारण सभामुख चयन गर्न नेकपाले सकिरहेको छैन ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपाले निर्देशन दिएको समाचारहरु बाहिरिएपनि उनले राजीनामा दिएकी छैनन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ११ : ५१ बजे

म्यान्माको आगामी निर्वाचन स्वतन्त्र वा विश्वसनीय हुने अवस्था छैन : थाई विदेशमन्त्री

बैङ्कक– थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले आगामी महिनादेखि सुरु हुन लागेका

जेन-जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

चितवन– जेन-जी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र

जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो

काठमाडौं– बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा

कार्यबाहक प्रमुख आयुक्त भण्डारीमाथि खनिए एमाले उपमहासचिव ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन आयोगका कार्यबाहक प्रमुख

छोराको कुटपिटबाट बाबुको मृत्यु

त्रिवेणी– जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट