६ वर्ष कैद सुनाइएका डाँकु १७ वर्षपछि पक्राउ « Khabarhub

६ वर्ष कैद सुनाइएका डाँकु १७ वर्षपछि पक्राउ


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– डाँका (चोरी) मुद्दामा ६ वर्ष कैद र ३६ हजार ४ सय ३२ रुपैयाँ सजाय पाएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।

पर्साको साविक पशुरामपुर गाविस–५ (हाल कालिकामाई गाउँपालिका–४) का ७० वर्षीय मोहम्मद भनिने गुली देवान १७ वर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला अदालत पर्साले ८ असोज २०५९ मा देवानलाई चोरी तथा डाँका मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष कैद र ३६ हजार ४ सय ३२ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले देवानलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फत्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका देवानलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामो बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १२ : ३९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ