सभामुखको टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित | Khabarhub Khabarhub

सभामुखको टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ सभामुख चयनका विषय सहमति नजुटेपछि आजका लागि बोलाइएको प्रतिनिधिसभा सूचना टाँस गरेर स्थगित भएको छ । बैठक पुस १६ गतेसम्मलाई स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

नेकपामा सभामुखका लागि उम्मेदवारमा सहमति नभएकै कारणले प्रतिनिधि सभाको आज १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।

संसदको सम्भावित कार्यसूचीमा आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनका लागि दिन निर्धारण गर्ने कार्यतालिका थियो ।

सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच सभामुख कसलाई भन्ने सहमति बन्न नसक्दा आजका लागि बोलाइएको संसद स्थित हुन सक्ने सम्भावना बढेको हो ।

नेकपाबाट छलफलका लागि अलिकति समय चाहियो भन्ने कुरा आएपछि बैठक १६ गतेका लागि सारिएको हो ।

यसबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने उनको भनाइ छ । तर कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको भने छैन ।

नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

पूर्वएमाले पक्षले पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमाओवादीले अग्नि सापकोटालाई अघि सारेपछि नेकपामा सभामुख कसलाई बनाउने भन्ने निर्णय हुन सकेको छैन ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच कुराकानी भएर टुंगो लगाउने तयारी गरिएको भएपनि । बुधबार गृहजिल्ला चितवन गएका प्रचण्ड बिहीबार पनि चितवन नै बसे । जसका कारण सभामुख चयन गर्न नेकपाले सकिरहेको छैन ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपाले निर्देशन दिएको समाचारहरु बाहिरिएपनि उनले राजीनामा दिएकी छैनन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १२ : ४० बजे

हुँदै नभएको विद्यालयलाई कीर्ते भवन बनाएर भुक्तानी, चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मङ्गलबार

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन

मेड्रिड– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल

कांग्रेस नेताहरू भित्र चर्काचर्की गर्दै, बाहिर ‘ब्लड प्रेसर’ नाप्दै (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार चौथो दिन जारी

संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएका

गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको