सभामुखको टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित « Khabarhub

सभामुखको टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ सभामुख चयनका विषय सहमति नजुटेपछि आजका लागि बोलाइएको प्रतिनिधिसभा सूचना टाँस गरेर स्थगित भएको छ । बैठक पुस १६ गतेसम्मलाई स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

नेकपामा सभामुखका लागि उम्मेदवारमा सहमति नभएकै कारणले प्रतिनिधि सभाको आज १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।

संसदको सम्भावित कार्यसूचीमा आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनका लागि दिन निर्धारण गर्ने कार्यतालिका थियो ।

सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच सभामुख कसलाई भन्ने सहमति बन्न नसक्दा आजका लागि बोलाइएको संसद स्थित हुन सक्ने सम्भावना बढेको हो ।

नेकपाबाट छलफलका लागि अलिकति समय चाहियो भन्ने कुरा आएपछि बैठक १६ गतेका लागि सारिएको हो ।

यसबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने उनको भनाइ छ । तर कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको भने छैन ।

नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

पूर्वएमाले पक्षले पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमाओवादीले अग्नि सापकोटालाई अघि सारेपछि नेकपामा सभामुख कसलाई बनाउने भन्ने निर्णय हुन सकेको छैन ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच कुराकानी भएर टुंगो लगाउने तयारी गरिएको भएपनि । बुधबार गृहजिल्ला चितवन गएका प्रचण्ड बिहीबार पनि चितवन नै बसे । जसका कारण सभामुख चयन गर्न नेकपाले सकिरहेको छैन ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपाले निर्देशन दिएको समाचारहरु बाहिरिएपनि उनले राजीनामा दिएकी छैनन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १२ : ४० बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको