ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड « Khabarhub

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।

चितवनबाट काठमाडौं आएलगत्तै प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको भेटमा सभामुख चयनबारे छलफल हुनेछ ।

संसदको ठूलो दल नेकपाले सभामुखबारे निर्णय लिन नसक्दा संसदको कारवाही समेत प्रभावित भएको छ । संसदको शुक्रवारको बैठकले सभामुख निर्वाचनको कार्यतालिका पारित गर्ने कार्यसूची रहेपनि ‘विशेष कारण’ देखाउँदै सूचना टाँस गरेर बैठक स्थगित भएको छ ।

नेकपाले सभामुखका उम्मेदवारबारे टुंगो लगाउन नसक्दा संसदको प्रक्रिया नै अवरुद्ध भएको देखिएको छ । सभामुखमा नेकपाले उम्मेदवारी दिन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले समेत राजीनामा दिनुपर्ने चर्चा पार्टीभित्र छ तर शिवमायाले समेत राजीनामा दिएकी छैनन् ।

नेकपामा सभामुखका लागि सुवासचन्द्र नेम्वाङ, अग्नी सापकोटा र तुम्बाहाम्फेको नाम चर्चामा छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १ : ५० बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान