घुर्मुस–सुन्तलीले बनाइरहेको रंगशालामा पार्टी र सरकारले सहयोग गर्छ– प्रचण्ड « Khabarhub

घुर्मुस–सुन्तलीले बनाइरहेको रंगशालामा पार्टी र सरकारले सहयोग गर्छ– प्रचण्ड


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् ।

शुक्रबार बिहान अवलोकन गर्न पुगेका अध्यक्ष प्रचण्डले धुर्मुस–सुन्तली पाउण्डेसनकाे अगुवाईमा निर्माण भइरहेको रंगशालाका लािग पार्टी र सरकारले रङ्गशाला आवश्यक सहयोग गर्ने बताए ।

उनले भने, ‘रङ्गशालाको कामले गति लिएकामा उत्साहित भएको छु, समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्नुहोस्, हामी तापाईंकै साथमा छौँ ।’

उनले रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएको भन्दै सफल बनाउन सबै देशवासी लाग्नुपर्ने बताए । रङ्गशालाको स्थलगत अवलोकनपछि निर्माणको गतिले तीव्रता पाएकामा आफू खुशी भएको प्रचण्डको भनाइ थियो ।

सबै जिल्लामा सहयोग समिति गठन गरेर रङ्गशाला निर्माणमा सहयोग जुटाउन अध्यक्ष प्रचण्डले आग्रह गरे । उनले सबै चितवनवासीलाई मन फुकाएर सहयोग गर्न पनि आह्वान गरे ।

सो अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणमा भएको प्रगति र गुरुयोजनाबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराए ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  २ : १५ बजे

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका