फर्निचर व्यवसायीसँग लिएको ८ हजार घुससहित प्रहरी हवल्दार पक्राउ « Khabarhub

फर्निचर व्यवसायीसँग लिएको ८ हजार घुससहित प्रहरी हवल्दार पक्राउ


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार ८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठ तथा फर्निचरसँग सम्बन्धित व्यवसायी गर्ने व्यापारीबाट लिएको ८ हजार रुपैयाँसहित हवल्दार राजु श्रेष्ठ पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले हवल्दार श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो ।

हवल्दार श्रेष्ठले व्यवसाय तथा कारोबारमा सहजीकरण गरिदिने भन्दै घुस लिएका बुझिएको छ ।

श्रेष्ठलाई घुस लिइसकेको अवस्थामा झापाको दमकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : २५ बजे

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा

प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल

दाङ– तुलसीपुर उपमहानगरपालिका-१० मा अवस्थित गौरीगाउँ ताल पर्यटकीय दृष्टिकोणले आकर्षक

काठमाडौं महानगरको आर्थिक ऐन कार्यान्वयनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय