बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध « Khabarhub

बाढीपहिरोका कारण छ मुख्य राजमार्ग अवरुद्ध


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा छ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी–ढोरपाटन सडक, अरनिको राजमार्ग तथा कालीगण्डकी करिडोरमा पहिरो खस्दा यातायात पूर्ण रूपमा प्रभावित भएको हो।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोरमा पनि सवारी आवागमन रोकिएको छ।

प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ। साथै, अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा यात्रा गर्नुपरेमा सडकको अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ५ : ४० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट