जब प्रहरीले बिना टायर कुदिरहेको कार बरामद गर्‍यो ... | Khabarhub Khabarhub

जब प्रहरीले बिना टायर कुदिरहेको कार बरामद गर्‍यो …


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सवारी साधन चलाउँदा हरेक ट्राफिक नियमको पालना गर्नुपर्ने हुन्छ । तर केहि ब्यक्तिले भने तोकिएको ट्राफिक नियम उल्लघंन गर्दछन् ।

जसका कारण उनिहरु कारबाहिको भागिदार समेत बन्ने गर्दछन् । यसरी ट्राफिक नियम उल्लघंन गर्ने बेलायतका एक युवालाई प्रहरी पक्राउ गरी कारबाहिको प्रकृया थालेको छ । प्रहरीले उनलाई कारबाहि गर्नुपर्ने कारण भने निकै रोचक छ ।

बेलायतमा एक युवालाई प्रहरीले मदिरा सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ गरेको छ । यो सामान्य समाचार पनि विचित्र संसारमा कसरी पर्याे भनेर अचम्ममा पर्नु भयो होला ।

यहाँ रोचक कुरा त के छ भने ति युवाले सवारी चलाउँदा यति धेरै मदिरा पिएका थिए कि उनलाई आफु बिना टायरको कार कुदाइरहेको समेत होस थिएन । बेलायतको रोथरहैमबाट साउथ योर्कशाइर प्रहरीले शनिवार राती एक क्षतिग्रस्त कार बरामद गर्याे ।

कारको अवस्था नाजुक देखेपछि प्रहरीले चालकको खोजि गर्याे । चालक केहि पर भेटिएपछि उनलाई पक्राउ गरी अनुसन्धान थालियो । जसबाट ति युवाले अत्यधिक मदिरा पिएर कार चलाएको र कार चलाउँदा मदिराको नशाका कारण कारमा टायर नभएको समेत युवालाई थाहा नभएको पत्ता लाग्यो ।

कारको तस्वीर सार्वजनिक गर्दै प्रहरीले कारको बिमा नभएको, चालकको अनुमती अवधि सकिएको तथा सडकमा क्षती पुर्याएको उल्लेख गरेको छ । प्रहरीले सार्वजनिक गरेको तस्वीरमा कारको अगाडिको एक चक्का नै छैन ।

बेलायतमा बिना टायरको कार कुदाएको यो पहिलो घटना भने होइन । यस अघि गत जुलाईमा पनि एक ब्यक्तिले बेलायतकै नर्थ वेस्ट मोटरवे प्रहरीले बिना टायरको गाडि कुदाउने ब्यक्तिलाई नियन्त्रणमा लिई कारबाहि गरीएको थियो । बेलायतमा मदिरा पिएर सवारी चलाउँदा ६ महिना जेल, एक बर्षसम्म चालक अनुमती रद्द तथा ठुलो जरीमाना रहने गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : ३९ बजे

आगलागीबाट दुई करोड २६ लाखको क्षति

धुलिखेल– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू गरेको

‘मनसरा’ को अग्रिम बुकिङ खुला 

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसरा’को अग्रिम

सगरमाथाको फेदमा ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

सोलुखुम्बु- प्रसिद्ध पर्यटकीय जिल्ला सोलुखुम्बुको ‘हिलारी ब्रिज’बाट अब ‘बञ्जी जम्प’

अन्तराष्ट्रिय श्रमिक दिवस (तस्बिरहरु)

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम