जब प्रहरीले बिना टायर कुदिरहेको कार बरामद गर्‍यो … « Khabarhub

जब प्रहरीले बिना टायर कुदिरहेको कार बरामद गर्‍यो …


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सवारी साधन चलाउँदा हरेक ट्राफिक नियमको पालना गर्नुपर्ने हुन्छ । तर केहि ब्यक्तिले भने तोकिएको ट्राफिक नियम उल्लघंन गर्दछन् ।

जसका कारण उनिहरु कारबाहिको भागिदार समेत बन्ने गर्दछन् । यसरी ट्राफिक नियम उल्लघंन गर्ने बेलायतका एक युवालाई प्रहरी पक्राउ गरी कारबाहिको प्रकृया थालेको छ । प्रहरीले उनलाई कारबाहि गर्नुपर्ने कारण भने निकै रोचक छ ।

बेलायतमा एक युवालाई प्रहरीले मदिरा सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ गरेको छ । यो सामान्य समाचार पनि विचित्र संसारमा कसरी पर्याे भनेर अचम्ममा पर्नु भयो होला ।

यहाँ रोचक कुरा त के छ भने ति युवाले सवारी चलाउँदा यति धेरै मदिरा पिएका थिए कि उनलाई आफु बिना टायरको कार कुदाइरहेको समेत होस थिएन । बेलायतको रोथरहैमबाट साउथ योर्कशाइर प्रहरीले शनिवार राती एक क्षतिग्रस्त कार बरामद गर्याे ।

कारको अवस्था नाजुक देखेपछि प्रहरीले चालकको खोजि गर्याे । चालक केहि पर भेटिएपछि उनलाई पक्राउ गरी अनुसन्धान थालियो । जसबाट ति युवाले अत्यधिक मदिरा पिएर कार चलाएको र कार चलाउँदा मदिराको नशाका कारण कारमा टायर नभएको समेत युवालाई थाहा नभएको पत्ता लाग्यो ।

कारको तस्वीर सार्वजनिक गर्दै प्रहरीले कारको बिमा नभएको, चालकको अनुमती अवधि सकिएको तथा सडकमा क्षती पुर्याएको उल्लेख गरेको छ । प्रहरीले सार्वजनिक गरेको तस्वीरमा कारको अगाडिको एक चक्का नै छैन ।

बेलायतमा बिना टायरको कार कुदाएको यो पहिलो घटना भने होइन । यस अघि गत जुलाईमा पनि एक ब्यक्तिले बेलायतकै नर्थ वेस्ट मोटरवे प्रहरीले बिना टायरको गाडि कुदाउने ब्यक्तिलाई नियन्त्रणमा लिई कारबाहि गरीएको थियो । बेलायतमा मदिरा पिएर सवारी चलाउँदा ६ महिना जेल, एक बर्षसम्म चालक अनुमती रद्द तथा ठुलो जरीमाना रहने गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : ३९ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई