बुटवलमा लाइसेन्स बेच्ने धन्दा– यातायातका हाकिम र ट्राफिक प्रहरीको मिलेमतो « Khabarhub

बुटवलमा लाइसेन्स बेच्ने धन्दा– यातायातका हाकिम र ट्राफिक प्रहरीको मिलेमतो


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न व्यक्तिसँग पैसा लिएर सवारी चालक अनुमति पत्र (लाइसेन्स) ‘बिक्री’ गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय रुपन्देही, बुटवलका तत्कालीन प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्द केशरी पोखरेल र ट्रायल परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक (इन्सपेक्टर) रवीन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार पोखरेल र श्रेष्ठले ट्रायल परीक्षामा फेल भएका ७१ जनालाई पास भएको भन्दै लाइसेन्स वितरण गरेका थिए ।

अख्तियारले दुवै जनाविरुद्ध परीक्षामा फेल भएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले दुवैजनाविरुद्ध १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानासहितको सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : ५० बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६