बुटवलमा लाइसेन्स बेच्ने धन्दा– यातायातका हाकिम र ट्राफिक प्रहरीको मिलेमतो « Khabarhub

बुटवलमा लाइसेन्स बेच्ने धन्दा– यातायातका हाकिम र ट्राफिक प्रहरीको मिलेमतो


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न व्यक्तिसँग पैसा लिएर सवारी चालक अनुमति पत्र (लाइसेन्स) ‘बिक्री’ गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय रुपन्देही, बुटवलका तत्कालीन प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्द केशरी पोखरेल र ट्रायल परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक (इन्सपेक्टर) रवीन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार पोखरेल र श्रेष्ठले ट्रायल परीक्षामा फेल भएका ७१ जनालाई पास भएको भन्दै लाइसेन्स वितरण गरेका थिए ।

अख्तियारले दुवै जनाविरुद्ध परीक्षामा फेल भएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

अख्तियारले दुवैजनाविरुद्ध १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानासहितको सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ४ : ५० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने