८ अर्ब बराबरको आइपीओ ल्याउँदै १४ बीमा कम्पनी « Khabarhub

८ अर्ब बराबरको आइपीओ ल्याउँदै १४ बीमा कम्पनी


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिमा कम्पनीहरुको साधारण सेयर (आइपीओ) निष्कासन हुने भएको छ ।

१० नयाँ जीवन बीमा कम्पनी, ३ निर्जीवन बीमा कम्पनी र नेपाल पुर्नबीमा कम्पनीले अबको केही समय मै ८ अर्ब ७८ करोड बराबरको आइपीओ निष्कासन गर्न लागेका हुन् ।

आइपीओ जारी गर्ने मध्य धेरै जीवन बीमा कम्पनीहरु रहेका छन् । हाल सञ्चालनमा आएका अधिकांश जीवन बीमा कम्पनीहरुले आइपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गरिसकेका छन् भने केहीले गर्न बाकीँ रहेको छ ।

हाल जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी २ अर्ब तोकएिको छ भने बिमा कम्पनीले निर्धारण गरेको चुक्ता पूँजीको न्युनतम ३० प्रतिशत सेयर सर्वसाधरणलाई छुट्याउनु पर्ने प्रावधान रहेको छ ।त्यही जारी पूँजीलाई आधार मानेर जीवन बीमा कम्पनीहरुले आइपीओ निष्कासन सम्बन्धी कार्य अघि बढाइरहेका छन् ।

हाल जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी २ अर्ब तोकएिको छ भने बिमा कम्पनीले निर्धारण गरेको चुक्ता पूँजीको न्युनतम ३० प्रतिशत सेयर सर्वसाधरणलाई छुट्याउन बीमा ऐनमा व्यवस्था छ । त्यही जारी पूँजीलाई आधार मानेर जीवन बीमा कम्पनीहरुले आइपीओ निष्कासन सम्बन्धी कार्य अघि बढाउने काम भइरहेका समितिले जनाएको छ ।

नेपाल पुर्नबीमा कम्पनीले पनि अत्याधीक संख्यामा आइपीओ जारी तयारी गरिरहेका छन् । जसमा ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले १ अर्ब ६० करोड बराबरको आइपीओ निष्कासन गर्ने भएको छन् । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कास गर्ने बताउदै आएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ५ : १९ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब