टाटा सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट) « Khabarhub

टाटा सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट)


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

रौतहटको चन्द्रपुरबाट काठमाडौं जाँदै गरेको ना १ ज ३४३३ नम्बरको टाटा सुमो हेटौंडा–काठमाडौं मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ मा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार थप २ जनाको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अहिलेसम्म २ जनाको मात्रै पहिचान खुलेको छ । प्रहरीका अनुसार सुमो दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको चन्द्रपुर नगरपालिका–९ का २१ वर्षीय मनिस विक र उनकी श्रीमती २० वर्षीया सिर्जना विक छन् ।

दुर्घटनामा अहिलेसम्म ३ पुरुष र २ महिला गरी ५ जनाको मृत्यु भएकोमा १ महिला र २ पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४ जना घाइते भएकामा २ जनाको काठमाडौंको बल्खुस्थित बयोधा र २ जनाको भैंसीपाटीस्थित मेडिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ५ : ५४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना