टाटा सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट) « Khabarhub

टाटा सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो (अपडेट)


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

रौतहटको चन्द्रपुरबाट काठमाडौं जाँदै गरेको ना १ ज ३४३३ नम्बरको टाटा सुमो हेटौंडा–काठमाडौं मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ मा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार थप २ जनाको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अहिलेसम्म २ जनाको मात्रै पहिचान खुलेको छ । प्रहरीका अनुसार सुमो दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको चन्द्रपुर नगरपालिका–९ का २१ वर्षीय मनिस विक र उनकी श्रीमती २० वर्षीया सिर्जना विक छन् ।

दुर्घटनामा अहिलेसम्म ३ पुरुष र २ महिला गरी ५ जनाको मृत्यु भएकोमा १ महिला र २ पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ४ जना घाइते भएकामा २ जनाको काठमाडौंको बल्खुस्थित बयोधा र २ जनाको भैंसीपाटीस्थित मेडिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ५ : ५४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।