कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा « Khabarhub

कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुनमा


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनमा गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले बहुमतका आधारमा कांग्रेसको वर्तमान कार्यसमितिको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको छ ।

बैठकले १४ औं महाधिवेशनको कार्यतालिका पनि बनाएको छ । त्यसअनुसार अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको छ भने माघबाट क्रियाशील सदस्यता वितरण तथा नवीकरण हुनेछ ।

कार्यतालिकाअनुसार नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नुपर्ने अवधि ०७७ आश्विन मसान्तसम्म तोकिएको छ । त्यसपछि अधिवेशनहरु सुरु हुनेछ ।

महाधिवेशनको मिति र कार्यतालिका तय गर्ने बैठकमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका पदाधिकारी तथा सदस्य सहभागी थिएनन्।

आगामी जेठ १ गतेदेखि असार १५ गतेसम्म नयाँ र नविकरण गरेका क्रियाशील सदस्यताको सूची प्रकाशन गरेर केन्द्रीय कार्यालयमा पठाउने मिति तय गरिएको छ।

क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अवधि आगामी असार १६ गतेदेखि असार मसान्त तोकिएको प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

केन्द्रीय समितिले पार्टीको गाउँ/नगर वडा अधिवेशन मंसिर ९ गते गर्ने निर्णय गरेको छ। त्यस्तै गाउँ/नगरपालिका अधिवेशन मंसिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर १७ गते गर्ने निर्णय बैठकले गरेको छ।त्यस्तै जिल्ला अधिवेशन मंसिर २५ गते र प्रदेश अधिवेशन २०७७ पुस १५ गते गर्ने कार्यतालिकामा उल्लेख छ।

बैठकले महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न धारा ४, ३५ र ५० का केही व्यवस्था महाधिवेशन प्रयोजनका लागि मात्रै निलम्बन गर्ने निर्णय गरेको छ। पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ७१ र ५० (५) बमोजिमको अधिकार प्रयोग गरेर निलम्बन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताए।

केन्द्रीय कार्यसमितिको यो निर्णयलाई आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइनेछ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरूः

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ८ : ५७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका