आईपीएल क्रिकेट : सन्दीपको टिम दिल्ली, चेन्नईसँग पराजित « Khabarhub

आईपीएल क्रिकेट : सन्दीपको टिम दिल्ली, चेन्नईसँग पराजित


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महेन्द्रसिंह ध्वनीको टीम चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जीत हात पारेको छ । मंगलबार दिल्ली क्यापिटल्सलाई उसैको घरेलु फिरोज शाह कोट्ला मैदानमा ६ विकेटले पराजित गर्दै चेन्नईले आफ्नो खेलमा लय कायम राख्न सफल भएको हो ।

पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंङ्लोरलाई पराजित गरेको चेन्नईले अंक तालिकामा ४ अंक बनाउँदा दोस्रो खेलमा पराजित दिल्लीको २ अंक छ ।

मंगलबार कोट्ला मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको चेन्नईले २ बल बाँकी छदै १ सय ५० रन बनाएर लक्ष्य पुरा गर्यो ।

दिल्लीविरुद्ध अविजित चेन्नईका कप्तान ध्वनीले ३५ रन बनाउँदै विजयी पारी खेले । त्यस्तै, ओपनिजङ ब्याट्सम्यान शेन वाट्सनले ४४ रनको योगदान दिएका थिए भने, सुरेश रैनाले ३० र केदार ज्यावले २७ रन बनाए ।

चेन्नईविरुद्धको खेदमा मैदान प्रवेशको अवसर पाएका स्पिनर अमित मिश्राले २ विकेट लिए भने, इशान्त शर्मा र कागिसोर रवडाले समान एक—एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीका लागि शिखर धवनले अर्धशतक प्रहार गरेका थिए । जसमा उनले ७ चौकाको मद्दतमा ५१ रन बनाएका थिए । यस्तै, मुम्बर्यविरुद्धको खेलमा आक्रामक ब्याटिङ गरेका रिशभ पन्तले २५ रन तथा पृथ्वी शावले २४ रन बनाउँदा कप्तान श्रयस अयरले १८ रन बनाएका थिए ।

दिल्लीलाई कम रनमा रोक्न ड्यान ब्राभोले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका थिए । यस्तै, दिपक चाहार, रविन्द्र जडेजा र इमरान ताहिरले समान एक—एक विकेट लिएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ७ : ३७ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको