पर्यटकीय सिजनमा २० प्रतिशत उडान कटौती « Khabarhub

पर्यटकीय सिजनमा २० प्रतिशत उडान कटौती


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दैनिक २१ घन्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताएको नयाँ पत्रिकामा खबर छ।

मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी छ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ । दैनिक १० घन्टा विमानस्थल बन्द हुँदा करिब २० प्रतिशत उडान कटौती हुने प्रवक्ता तिवारीले बताए ।

‘आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा गरी करिब २० प्रतिशत उडान कटौती हुने अवस्था छ,’ उनले भने, ‘पिच मर्मत गर्न विमानस्थल बन्द गर्नुपर्ने तथा खुला रहने समयमा पनि विमानस्थलको पार्किङ क्षमता तथा ह्यान्डलिङ क्षमतालाई ध्यानमा राखेर उडान तालिका बनाइएको छ ।’

विमानस्थलबाट अहिले दैनिक ३ सय ५० आन्तरिक र करिब १ सय अन्तर्राष्ट्रिय उडान भइरहेको छ । मर्मत अवधिभर भने नयाँ उडान तालिकाअनुसार दुवै गरी झन्डै ९० वटा उडान दैनिक कटौती हुने उनको भनाइ छ ।

पुराना गाडी पनि मन्त्रीले पठाए आफ्नै क्षेत्रमा शीर्षकको समाचारमा सिंहदरबारस्थित विभिन्न मन्त्रालय परिसरमा वर्षौँदेखि बेवारिसे थन्किएका गाडी र मोटरसाइकल प्रभावशाली नेताहरूले आ–आफ्नो क्षेत्रमा बाँडेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै १५–१५ गाडी पुर्‍याएका छन् ।

महँगा गाडी मन्त्रालय परिसरमै थन्किन थालेपछि केही महिनाअघि प्रधानमन्त्री कार्यालयले तिनको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै कार्यालयका प्रवक्ता विनोद कुँवरको संयोजकत्वमा बेवारिसे गाडी व्यवस्थापन गर्न समिति बनाइएको थियो । समितिले त्यस्ता गाडी स्थानीय तहमा वितरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दियो । तर, मन्त्री र कर्मचारीको पहुँचका आधारमा गाडी बाँडिएको छ ।

पार्टीविरुद्ध बोले र सामाजिक सञ्जालमा लेखे कारबाही शीर्षकको समाचारमा कांग्रेस केन्द्रीय अनुशासन समितिले नेताहरूलाई जथाभावी लेख्न, बोल्न र आरोप–प्रत्यारोपमा नलाग्न निर्देशन दिएको छ । समिति गठनपछि मंगलबार बसेको पहिलो बैठकले कार्यविधि पारित गर्दै सार्वजनिक मञ्चमा जथाभावी नबोल्न र सामाजिक सञ्जालमा नलेख्न सचेत गराएको हो ।

समितिले कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरीतका गतिविधि लिखित रूपमा गरेमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रकट गरेमा कारबाही गर्ने निर्णय गरेको छ ।‘त्यस्ता काम, कारबाही र गतिविधि पार्टी विधान र नियमावलीबमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने भएकाले त्यस किसिमका गतिविधि नगर्न/नगराउन सम्बन्धित सबैमा यसै सूचनामार्फत जानकारी गराइन्छ,’ अनुशासन समितिको निर्णयमा भनिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ७ : ४८ बजे

व्यापारिक जहाजलाई अमेरिकाको चेतावनी – खाडी क्षेत्रबाट टाढै रहनू

काठमाडौं – अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढै रहन

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ

४९ ड्रोन र मिसाइल आकाशमै निस्तेज पारेको जोडर्नको दाबी

काठमाडौं – जोर्डनको सेनाले शनिबार आफ्नो भूभागलाई लक्षित गरी आएका

इरानमाथि आक्रमणपछि विश्व शक्तिहरूको चासो, संयमता अपनाउन आह्वान

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला