दुर्घटनामा तीन जनाको ज्यान गयो, भैँसीबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु « Khabarhub

दुर्घटनामा तीन जनाको ज्यान गयो, भैँसीबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ । ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा बलरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतो शव फेला परेको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

शवको प्रकृति हेर्दा मृतकको टाउको टेलर बाहिर निस्केकाले अन्य कुनै सवारी साधनले रातिको समयमा किचेको हुनसक्ने प्रहरीको अनुमान छ । महतो ट्र्याक्टर चालक रहेको प्रहरीले जनाएको छ । उनी उखु लिएर चिनी मिलमा गएको थियो । घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी मोटरसाइकल दुर्घटनामा परी मङ्गलबार साँझ एक वृद्धाको मृत्यु भएको छ ।

मृत्युहुनेमा हरिपुर नगरपालिका–२ का ६५ वर्षीया मोसतकीमा खातुन रहेको छ । ना ३ प ५५४ नम्बरको मोटरसाइकलमा चढेर हरिपुरबाट मलङ्गवातर्फ आउँदै गरेको अवस्थामा मलङ्गवा–४ सर्लाही क्याम्पस नजिक दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा स्थानीय श्रीराम हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै भै‌सी चराउन गएकी ईश्वरपुर नगरपालिका–१५ सुक्नाहका राकेश साहको पाँच वर्षीया छोरी काजल साहको भैँसीबाट लडेर मङ्गलबार साँझ मृत्यु भएको छ ।

भैँसीको डोरी कम्मरमा बाँधी घर आउँदै गरेको अवस्थामा भैँसी भाग्दा डोरीले बाँधिएकी काजल भैँसीबाट लडी लछारपछार भई घाइते बनेकी थिइन् । उनलाई उपचारका लागि ईश्वरपुर बजारतर्फ लैजाँदै गर्दा बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १२ : ५४ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक