गर्मीले आलस्यता बढ्यो ? खानुस् यी फलफूल « Khabarhub

गर्मीले आलस्यता बढ्यो ? खानुस् यी फलफूल


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई स्वास्थ्य राख्न दैनिक प्रशस्त पानी पिउनुपर्छ । यो कुरा सबैलाई जानकारी  छ । तर पानी प्रशस्त पिउनुपर्छ भन्ने जानकारी भएपनि मुख सुकेर तिर्खा लागेको महसुस नभएसम्म पानी नपिउने चलन धेरैको हुनसक्छ । जाडो मौसमभन्दा गर्मीको समयमा शरीरलाई धेरै पानीको आवश्यकता पर्छ ।

गर्मी मौसममा पसिना बग्ने भएकाले शरीरमा पानीको कमी हुनसक्छ । शरीरमा पानीको कमी भएका छाला सुख्खा हुने, थकान महसुस हुने, मुख सुक्ने, तिर्खा लाग्ने, टाउको दुख्ने,मांशपेसी बाउडिने, खाना खान मन नलाग्ने लगायतका समस्याहरु देखिन्छ ।

प्रशस्त पानी नपिउदा आलस्यताले तपाईको दैनीक क्रियाकलापमा पनि असर पर्छ । त्यसैले यस्ता समस्याबाट बच्न पानी तथा तरल पदार्थ तथा फलफूल नियमित र प्रशस्त पिउनुपर्छ ।

यी फलफूल खाँदा शरीरमा पानीको कमी हुँदैन

–खरबुजा
खरबुजामा ९२ प्रतिशत पानीमो मात्रा हुन्छ । गर्मी मौसममा दैनीक रुपमा खरबुजा खादा पानीको पूर्तिमात्रै हौन खनिज, भिटामिन र क्यालोरी र फाइबर पनि पाइन्छ ।

–स्याउ
स्यामा फाइबर, एन्टीअक्सिडेन्ट, भिटामिन बी कम्प्लेक्स लगायतका तत्वहरु पाइन्छ । गर्मीमा स्याउ खादा यी तत्वहरुले शरीरलाई शीतलता प्रदान गर्छ ।

– मेवा
गर्मी मौसममा घाममा धेरै हिड्ने व्यक्तिको छाला डढेर कालो हुन्छ । त्यसैले गर्मी मौसममा छाला डढ्नबाट जोगिन नियमित रुपमा मेवा खानु उपयुक्त हुन्छ । मेवाले मधुमेह, र ब्लड प्रेसर नियन्त्रण गर्नुका साथै शरीरमा लाग्ने घाउचोट पनि छिटो निको पार्छ ।

– काँक्रो
गर्मी मौसममा फुर्तिलो हुन काँक्रो खाँदा लाभदायिक हुन्५ । काक्रोमा ९५ प्रतिशत पानको मात्रा हुने भएकाले यसले शरीरलाई निकै पाइदा गर्छ ।

– भूइँकटहर
गर्मी मौसममा शीतलता पाउन खानै पर्ने अर्को फल भूँइकटहर हो । यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँनुका साथै छालालाई पनि स्वास्थ्य राख्छ ।

– केरा
गर्मी मौसममा केरा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक छ । केराले चिसो महसुस गराउनुका साथै झाडापखाला बाट पनि बचाउँछ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १ : १३ बजे

पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण जनजीवनमा

क्विन्टन डी ककको शतकमा मुम्बईले पञ्जाबलाई दियो १९६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत २४औँ खेलमा मुम्बई

रानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

पेरिस – तेहरानले महत्त्वपूर्ण जलमार्गमा आवतजावतमा कडाइ गरेपछि अन्य देशहरूबाट

एमालेद्वारा वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

कांग्रेसले भन्यो : कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की