रुस र भेनेजुएलाबीच २० वटा सम्झौताको ‘तयारी’ « Khabarhub

रुस र भेनेजुएलाबीच २० वटा सम्झौताको ‘तयारी’


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काराकास– भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले रुससँग ऊर्जा र शिक्षा समेतका विभिन्न क्षेत्रमा सहयोग सम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको बताएका छन् ।

“अप्रिलमा रुस र भेनेजुएलाबीच अन्तरसरकारी सहयोग सम्बन्धी उच्चस्तरीय कार्यदलको बैठक बस्दैछ । बैठकले आर्थिक, व्यापारिक, सांस्कृतिक, ऊर्जा र शिक्षासम्बन्धी २० वटा दस्तावेजमा हस्ताक्षर हुनेछ,” रुसी समाचार समिति ताससँगको अन्तर्वार्तामा राष्ट्रपति मदुरोले भने ।

दुई वटा रुसी सैनिक विमान १०० सैनिकका साथ भेनेजुएलाको काराकास उत्रेको भोलिपल्टै राष्ट्रपति मदुरोको यस्तो भनाई सार्वजनिक भएको हो ।

राष्ट्रपति मदुरोले अमेरिकी नेतृत्वमा आएको भनिएको मानवीय सहायता “नक्कली” भन्दै रुसले वास्तविक मानवीय सहायता पठाएकामा रुसलाई धन्यवाद दिए । “दुई साताअघि कैयौं टन सहायता सामग्री रुसबाट आइपुग्यो । सहयोगको अर्को खेप पनि प्राप्त हुने आशा गरेका छौं, र हामीलाई सबैभन्दा बढी आवश्यकता औषधिको हो ।”

गत साता राष्ट्रपति मदुरोले रुसबाट औषधि प्राप्त हुने बताएका थिए । गत फेब्रुअरीमा कोलम्बियासँगको सीमामा अलपत्र परेको मानवीय सहायता सामग्री राष्ट्रपति मदुरोले रोकिदिएका थिए । उनले अर्को आदेश नभएसम्म ब्राजिलसँगको सीमा पनि बन्द गर्न आदेश दिएका छन् ।

गत जनवरीमा विपक्षी नेता हुँवा गुएइदोले आफूलाई मुलुकको आधिकारिक राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा आर्थिक तथा राजनीतिक सङ्कट उत्पन्न भएको छ ।

संयुक्तराज्य अमेरिका सहित अधिकांश युरोपेली राष्ट्रहरुले गुएइदोलाई अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन्, तर रुस, चीन, टर्की समेतका केही देशले मदुरोलाई समर्थन जनाएका छन् ।

राष्ट्रपति मदुरोले अमेरिकाले गुएइदोको आडमा आफूलाई सत्ताच्यूत गर्न लागिपरेको आरोप लगाउँदै आउनुभएको छ । अन्तर्राष्ट्रिय समुदायले तत्काल भेनेजुएलामा निर्वाचन गराउनुपर्ने माग गरिरहेका छन् ।

अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्न आर्थिक प्रतिबन्धहरु घोषणा गर्नुका साथै भेनेजुएलाको राज्य नियन्त्रित तेल कम्पनी पिडिभिएसएसँग इन्धन खरिद नगर्ने जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  २ : २७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ