विप्लवका कार्यकर्ता खोज्न हिँडेको प्रहरीद्वारा लागूऔषध कारोबारी पक्राउ « Khabarhub

विप्लवका कार्यकर्ता खोज्न हिँडेको प्रहरीद्वारा लागूऔषध कारोबारी पक्राउ


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आपराधिक घटनामा संलग्न व्यक्तिलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहत वृत्तका इलाकामा प्रहरी परिचालन गरी विप्लव समूहका अवान्छित गतिविधिलाई नियन्त्रणका लागि चलाइएको विशेष खोजी अभियानका क्रममा ४ व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

मङ्गलबार साँझ बालाजुबाट एक थान खुकुरी, फलामको रड र लागूऔषध १३९ एम्पुल डाईजापाम, फेनारगन, नुरफिनसहित मनमैजुका सन्तोष तामाङ र थर नखुलेका अभयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच नयाँबसपार्कबाट १६ ग्राम खैरो हेरोइन र खैरो हेरोइन जोख्ने यन्त्र (तराजु) सहित बाँके कोहलपुरका रमेश बस्नेत र शेरसिंह रोकायालाई पक्राउ गरी थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

बौद्ध नागेश्वरी गल्ली र गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट ४०० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ तीन हजार ३०० लिटर बरामद गरी सोही स्थानमा स्थानीय बासिन्दा, वडा प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ३ : १२ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको