मध्यपुरथिमि नगरपालिकामा भोलि सार्वजनिक बिदा, बिस्केट जात्रामा चार दिन | Khabarhub Khabarhub

मध्यपुरथिमि नगरपालिकामा भोलि सार्वजनिक बिदा, बिस्केट जात्रामा चार दिन


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाले आफ्नो स्थापना दिवसमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्नै क्यालेण्डर बनाएर पर्व बिदासमेत थप गर्ने तयारी गरे ।

उनले भने, “स्थानीय सरकारका रूपमा नगरपालिकाले आफ्नै क्यालेण्डर बनाउने र स्थापना दिवसलगायत बिस्केट जात्रामा चार दिन तथा अन्य स्थानीय पर्वमा बिदा दिने गरी क्यालेण्डर निर्माण गरेका छौं ।” पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राम थापामगरले नगरपालिकाले भोलि १४ गते आफ्नो २३ औँ स्थापना दिवस मनाउने भएको बताए।

उनले स्थापना दिवसमा नपाले नौवटै वडाका एक एक महिला र पुरुष गरी १८ जना ज्येष्ठ नागरिकताको स्वास्थ्य बीमाको रकम व्यहोर्ने भएको बताए ।

त्यसैगरी प्रत्येक वडाबाट सामुदायिक विद्यालयमा पढ्ने तीनतीन जना गरीब एवं जेहेन्दार विद्यार्थीलाई वार्षिक रु चार हजारको दरले छात्रवृत्ति दिने, मध्यपुरका वरिष्ठ एक साहित्यकारलाई सम्मान गर्ने र नपालाई तिर्नुपर्ने राजश्व नियमितरूपमा तिर्ने तथा सबैभन्दा बढी राजश्व तिर्ने सेवाग्राहीमध्ये एक महिला र एक पुरुषतर्फ उत्कृष्ट करदातालाई सम्मान गर्ने प्रवक्ता थापामगरले बताए ।

स्थापना दिवसमा सीपमूलक तथा रोजगारमूलक तालीमका सहभागीले तयार गरेको वस्तु तथा उत्पादनको प्रदर्शनी एवं नगरपालिकाका विभिन्न गतिविधिको तस्वीरको प्रदर्शनी राखिने भएको छ ।

गत वर्ष नगर प्रमुख श्रेष्ठ र उपप्रमुख अञ्जनादेवी मधिकर्मीले स्थापना दिवस छुट्टाछुट्टै मनाए पनि यस वर्ष भने एउटै स्थापना दिवस मनाउने भएको उपप्रमुख मधिकर्मीले बताइन् । उनले गत वर्ष नगरप्रमुखसँगको विवादका कारण आफूले छुट्टै स्थापना दिवस मनाए पनि यस वर्षदेखि भने विवाद नगर्ने र एउटै स्थापना दिवस मनाउने सहमति भएकाले विवादरहितरूपमा दिवस मनाउन लागेको बताइन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : ०१ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका