मध्यपुरथिमि नगरपालिकामा भोलि सार्वजनिक बिदा, बिस्केट जात्रामा चार दिन « Khabarhub

मध्यपुरथिमि नगरपालिकामा भोलि सार्वजनिक बिदा, बिस्केट जात्रामा चार दिन


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– मध्यपुरथिमि नगरपालिकाले आफ्नो स्थापना दिवसमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्नै क्यालेण्डर बनाएर पर्व बिदासमेत थप गर्ने तयारी गरे ।

उनले भने, “स्थानीय सरकारका रूपमा नगरपालिकाले आफ्नै क्यालेण्डर बनाउने र स्थापना दिवसलगायत बिस्केट जात्रामा चार दिन तथा अन्य स्थानीय पर्वमा बिदा दिने गरी क्यालेण्डर निर्माण गरेका छौं ।” पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राम थापामगरले नगरपालिकाले भोलि १४ गते आफ्नो २३ औँ स्थापना दिवस मनाउने भएको बताए।

उनले स्थापना दिवसमा नपाले नौवटै वडाका एक एक महिला र पुरुष गरी १८ जना ज्येष्ठ नागरिकताको स्वास्थ्य बीमाको रकम व्यहोर्ने भएको बताए ।

त्यसैगरी प्रत्येक वडाबाट सामुदायिक विद्यालयमा पढ्ने तीनतीन जना गरीब एवं जेहेन्दार विद्यार्थीलाई वार्षिक रु चार हजारको दरले छात्रवृत्ति दिने, मध्यपुरका वरिष्ठ एक साहित्यकारलाई सम्मान गर्ने र नपालाई तिर्नुपर्ने राजश्व नियमितरूपमा तिर्ने तथा सबैभन्दा बढी राजश्व तिर्ने सेवाग्राहीमध्ये एक महिला र एक पुरुषतर्फ उत्कृष्ट करदातालाई सम्मान गर्ने प्रवक्ता थापामगरले बताए ।

स्थापना दिवसमा सीपमूलक तथा रोजगारमूलक तालीमका सहभागीले तयार गरेको वस्तु तथा उत्पादनको प्रदर्शनी एवं नगरपालिकाका विभिन्न गतिविधिको तस्वीरको प्रदर्शनी राखिने भएको छ ।

गत वर्ष नगर प्रमुख श्रेष्ठ र उपप्रमुख अञ्जनादेवी मधिकर्मीले स्थापना दिवस छुट्टाछुट्टै मनाए पनि यस वर्ष भने एउटै स्थापना दिवस मनाउने भएको उपप्रमुख मधिकर्मीले बताइन् । उनले गत वर्ष नगरप्रमुखसँगको विवादका कारण आफूले छुट्टै स्थापना दिवस मनाए पनि यस वर्षदेखि भने विवाद नगर्ने र एउटै स्थापना दिवस मनाउने सहमति भएकाले विवादरहितरूपमा दिवस मनाउन लागेको बताइन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : ०१ बजे

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६

मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी

जनकपुरधाम – मुक्त हरवा चरवा समुदायको जलवायु न्याय, सामाजिक समावेशीकरण

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन

नेपालगञ्ज – नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

विश्वकप फाइनल : यस्ता छन् मैदानभित्रका सम्भावित ब्याटल

काठमाडाैं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनलमा आइतबार स्पेन

झापाका किसानलाई रासायनिक मलको अभाव

झापा – धान रोपाइँको मुख्य सिजन चलिरहेका बेला झापामा रासायनिक