तीन महिनादेखि तलब नपाएपछि कर्मचारी आन्दोलित | Khabarhub Khabarhub

तीन महिनादेखि तलब नपाएपछि कर्मचारी आन्दोलित


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– तीन महिना देखि तलब नपाएपछि बागमति सिंचाई आयोजना सर्लाहीमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् ।  सो आयोजनामा कार्यरत २ सय ५५ जना ज्यालादारी कर्मचारी आन्दोलित भएका हुन् ।

आर्थिक वर्ष ०३५÷३६ सालमा सर्लाही र रौतहटको करिब ४६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पु¥याउने उदेश्यले सो आयोजना स्थापना भएको थियो । स्थापनाकाल देखि नै भर्ना भएका सयौ कर्मचारीहरु हालसम्म अस्थायी रुपमा नै कार्यरत रहदै आएका छन् ।

कर्मचारीको सेबा सुबिधाको लागि आयोजनाले पटक पटक सिफारिस गरी सिचाई मन्त्रालय हुँदै अर्थमन्त्रालयमा फाईल पुर्‍याए पनि कार्यान्वय नभएपछि ज्यालादारी कर्मचारीहरु आन्दोलित बनेका हुन् ।

यस पटक भने चालु अवस्थामा रहेको बाग्मति सिचाई आयोजना लाई बाग्मती मनुस्मारा झाझ सिचाई आयोजनामा ब्यबस्थापन गाभेपछि कार्यरत कर्मचारी तलब पाउन बाट बन्चित भएका हुन् ।

पेशाको सुनिश्चितता र तलबको माग राख्दै उनीहरु चैत्र ३ गते देखि चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : २७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले