किन आउँदैछन् भारतीय विदेश सचिव गोख्ले नेपाल ? | Khabarhub Khabarhub

किन आउँदैछन् भारतीय विदेश सचिव गोख्ले नेपाल ?


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आउँदैछन् । आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उनी नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

करीब १५ महीनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक भ्रमण हो । भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ ।

दुई सचिवको नेतृत्वमा बिहीबार नै द्विपक्षीय वार्ता हुनेछ । सचिव गोख्लेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी हुनुहुनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : ४० बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा