क्रोएसियामा हुने वर्ल्ड स्कूल च्याम्पियनसिपमा नेपालको पहिलो सहभागिता « Khabarhub

क्रोएसियामा हुने वर्ल्ड स्कूल च्याम्पियनसिपमा नेपालको पहिलो सहभागिता


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रोएसियामा हुने आईएसएफ वर्ल्ड स्कूल च्याम्पियनसिप भलिबल यु—१५ खेल्ने नेपाली गल्र्स टोलीको बिदाई गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठको उपस्थितीमा क्रोएसिया जाने ९ खेलाडीसहित १४ सदस्यीय टोलीको बिदाइ गरिएको हो ।

नेपाल स्कूल स्पोर्टस् फेडेरेसनको सहकार्यमा नेपाली टोली क्रोएसिया जान लागेको हो । प्रतियोगिता क्रोएसियाको पारेसमा मार्च ३० देखि अप्रिल ४ सम्म सञ्चालन हुनेछ । गर्ल्स च्याम्पियनसिपमा निश्चित उमेर समूह भनेर तोकिएका कारण टोलीमा सबैजसो नयाँ खेलाडी रहेको प्रशिक्षक कुमार राईले बताए ।

२०१६ मा आईएसएफको सदस्य बनेको नेपाल पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको अध्यक्ष विनोद श्रेष्ठले बताए ।
यस्तै, बिदाई कार्यक्रममा बोल्दै नेकपा प्रवक्ता श्रेष्ठले देशको गौरव हुने गरी खेलेर आउन खेलाडीलाई सुभकामना दिदै खेलाडीहरुले खेलबाटै जीविको चलाउने वातावरण बन्दै गएको बताए ।

यस्तै, नेपाली टोलीकी कप्तान सजिना श्रेष्ठले विदेशमा खेल्न जान पाउँदा एकदमै खुशी लागेको बताएकी छन् । उनले अहिलेसम्म यस्तो प्रतियोगितामा सहभागिता जनाउन नपाएको बतनाउँदै यसले आफ्नो खेलमा सुधार ल्याउने बताइन् ।

उनले भनिन् ‘हामी देशको प्रतिनिधित्व गरेर क्रोएसिया जाँदैछौं । पहिलो पटक भएकोले नयाँ ठाउँमा कस्तो हुन्छ थाहा छैन् । तर हाम्रो लक्ष्य त्यहाँ गएर राम्रो खेल्ने हो र सकेसम्म जितेर आउने हो ।’

क्रोएसिया जाने १४ सदस्यीय नेपाली टोली

खेलाडी : सोनी थपलिया, करिना सुनुवार, सविना तामाङ, दिया परियार, जोया गुरुङ, सजिना श्रेष्ठ (कप्तान), रिया कुवँर, प्रेक्षा राई, सुनिता खड्का छन् ।
हेड अफ डेलिगेसन : राज कुमार कार्की
प्रशिक्षक : कुमार राई
स्कूल शिक्षक : सुनकेशरी माली
रेफ्री : चन्द्रा बदना राई
स्कूल डाइरेक्टर : मोहन कुमार कार्की

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ६ : २७ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी