क्रोएसियामा हुने वर्ल्ड स्कूल च्याम्पियनसिपमा नेपालको पहिलो सहभागिता | Khabarhub Khabarhub

क्रोएसियामा हुने वर्ल्ड स्कूल च्याम्पियनसिपमा नेपालको पहिलो सहभागिता


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रोएसियामा हुने आईएसएफ वर्ल्ड स्कूल च्याम्पियनसिप भलिबल यु—१५ खेल्ने नेपाली गल्र्स टोलीको बिदाई गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठको उपस्थितीमा क्रोएसिया जाने ९ खेलाडीसहित १४ सदस्यीय टोलीको बिदाइ गरिएको हो ।

नेपाल स्कूल स्पोर्टस् फेडेरेसनको सहकार्यमा नेपाली टोली क्रोएसिया जान लागेको हो । प्रतियोगिता क्रोएसियाको पारेसमा मार्च ३० देखि अप्रिल ४ सम्म सञ्चालन हुनेछ । गर्ल्स च्याम्पियनसिपमा निश्चित उमेर समूह भनेर तोकिएका कारण टोलीमा सबैजसो नयाँ खेलाडी रहेको प्रशिक्षक कुमार राईले बताए ।

२०१६ मा आईएसएफको सदस्य बनेको नेपाल पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको अध्यक्ष विनोद श्रेष्ठले बताए ।
यस्तै, बिदाई कार्यक्रममा बोल्दै नेकपा प्रवक्ता श्रेष्ठले देशको गौरव हुने गरी खेलेर आउन खेलाडीलाई सुभकामना दिदै खेलाडीहरुले खेलबाटै जीविको चलाउने वातावरण बन्दै गएको बताए ।

यस्तै, नेपाली टोलीकी कप्तान सजिना श्रेष्ठले विदेशमा खेल्न जान पाउँदा एकदमै खुशी लागेको बताएकी छन् । उनले अहिलेसम्म यस्तो प्रतियोगितामा सहभागिता जनाउन नपाएको बतनाउँदै यसले आफ्नो खेलमा सुधार ल्याउने बताइन् ।

उनले भनिन् ‘हामी देशको प्रतिनिधित्व गरेर क्रोएसिया जाँदैछौं । पहिलो पटक भएकोले नयाँ ठाउँमा कस्तो हुन्छ थाहा छैन् । तर हाम्रो लक्ष्य त्यहाँ गएर राम्रो खेल्ने हो र सकेसम्म जितेर आउने हो ।’

क्रोएसिया जाने १४ सदस्यीय नेपाली टोली

खेलाडी : सोनी थपलिया, करिना सुनुवार, सविना तामाङ, दिया परियार, जोया गुरुङ, सजिना श्रेष्ठ (कप्तान), रिया कुवँर, प्रेक्षा राई, सुनिता खड्का छन् ।
हेड अफ डेलिगेसन : राज कुमार कार्की
प्रशिक्षक : कुमार राई
स्कूल शिक्षक : सुनकेशरी माली
रेफ्री : चन्द्रा बदना राई
स्कूल डाइरेक्टर : मोहन कुमार कार्की

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ६ : २७ बजे

इजरायलका मजदुर युनियनमा भ्रष्टाचार : अनुसन्धान भइरहेको प्रहरीको दाबी

जेरुसलेम – इजरायली प्रहरीले मजदुर युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौं व्यक्तिलाई

धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ?

काठमाडौं – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै

एउटै वडामा पाँच जलविद्युत् आयोजना

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक १८ गते मंगबार। कात्तिक