राजनीतिक पूर्वाग्रह राखेर मेरो चरित्र हत्या गर्न खोजियोः मन्त्री मगर (विज्ञप्ति सहित) « Khabarhub

राजनीतिक पूर्वाग्रह राखेर मेरो चरित्र हत्या गर्न खोजियोः मन्त्री मगर (विज्ञप्ति सहित)


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री बिना मगर मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर आफू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

मन्त्री मगरले प्रेस विज्ञप्ति जारी गर्दै आफूविरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरिएको दाबी गरेकी छिन् । उनले आयोजना आम नेपालीको प्रतिष्ठा र गौरवसँग जोडिएको भन्दै गलत मनसायका साथ गरिने प्रचारप्रतिको खेद प्रकट समेत गरेकी छिन् ।

मन्त्री मगरले आफ्नै कार्यकालमा आयोजनाको कामले द्रुत गति लिएको र सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकाशं काम सम्पन्न भएको बताउँदै केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले हात झिक्दा समस्या आएको स्पष्ट पारेकी छिन् । ठेकेदार कम्पनिले हात झिक्नुको पछाडि मूख्य कारण सिएमसी कम्पनी नै आर्थिक रुपमा टाट पल्टनु रहेको र आर्थिक रुपमा टाट पल्टिएपछि मेलम्ची आयोजनाको काम छाडेर ठेकेदार कम्पनीले सम्झौता रद्द गरेको विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

ठेकेदार कम्पनी आर्थिक रुपमा समस्यामा पर्दा आयोजनामा समस्या आएको जनाउँदै उनले आयोजना निर्माणको आफ्नै मान्यता हुने र त्यस विपरित गएर मन्त्री वा कुनै पनि अधिकारीले निर्णय गर्ने अवस्था समेत नहुने बताएकी छिन् । उनले कानूनी मान्यता नाघेर कुनै अवैधानिक निर्णय लिन नसक्नेमा जोड दिँदै राज्यद्वारा निर्देशित ऐन, कानूनप्रतिको प्रतिवद्धता र सुशासनप्रतिको सङ्कल्पलाई अक्षुण राख्न प्रतिवद्ध रहेको स्पष्ट पारेकी छिन् ।

मेलम्ची खानेपानी विकास समिति आफैमा स्वायत्त, अधिकारसम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र मन्त्रालयका सचिव नै अध्यक्ष रहने तथा आयोजना सञ्चालक समितिको निर्णय अन्तिम हुने समेत विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् ।

आयोजनाको कुनै प्रस्ताव मन्त्रिपरिषदमा लैजाने परिस्थितिमा मात्र मन्त्रीको माध्यम हुँदै पेश हुने प्रक्रिया उल्लेख गर्दै उनले प्रसंग नै नभएको विषयमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी भएको बताएकी छिन् ।

विज्ञप्ति जस्ताको तस्तै

 

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ६ : ५२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,