दाजुलाई भाइ मन्त्रीका २३ योजना « Khabarhub

दाजुलाई भाइ मन्त्रीका २३ योजना


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सामाजिक विकास मन्त्रालयअन्तर्गतका २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन् । यादवको सिफारिसमा मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँबराबरका योजना पारिदिएको कान्तिपुर दैनिकमा खबर छ।

विभिन्न शीर्षकका ती योजना ५ लाखदेखि १ करोड रुपैयाँसम्मका छन्। प्राप्त मन्त्रालयको चौमासिक विभाजन फारममा २३ वटै योजना सिफारिसकर्तामा मन्त्री यादव र कैफियतमा सम्पर्कव्यक्ति भनी श्यामनन्दनको नाम र मोबाइल नम्बर लेखिएको छ। सबै योजना सिरहा जिल्लाकै हुन्।

यसमा सुखीपुर नगरपालिका, सिलर्वापदवारीको इतहादु आधारभूत विद्यालयका लागि ७ लाख, औरही गाउँपालिकाको खजनपुर पिपरामा जनता आधारभूत विद्यालयका लागि २५ लाख, जनता मावि बरियारपटीको ८ कोठे भवन, कम्प्युटर ल्याब र पर्खाल निर्माणका लागि १ करोड र बरियारपटी-४ मा सामुदायिक भवन निर्माणका लागि १५ लाख रुपैयाँका योजना छन्।

बैंकक बस्दै, करोडौं ठग्दै शीर्षकमा लेखेको समाचारमा फेसबुकमार्फत क्यानडा, अमेरिका, मकाउलगायत देशमा जागिर लगाइदिने प्रलोभनमा पारी रकम असुल्ने परशुराम गुरुङलाई थाई प्रहरीले पक्राउ गरेको छ । आठ वर्षयता उनले २ सय जनाबाट गरी ५ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको प्रहरीको अनुमान छ ।

क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने र थाई श्रीमतीका खातामा राख्ने । आठ वर्षयता बैंककमा बसेर मानव तस्करीको जालो थाप्दै सयौंसँग करोडौं रुपैयाँ ठगी गर्ने पर्शुराम गुरुङ अन्ततः थाई प्रहरीको फन्दामा परेका छन् ।

गुरुङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा मात्रै ३४ पीडितले निवेदन दर्ता गराएका छन् । ठगीमा परेर लाखौं रुपैयाँ गुमाएका दुई दर्जनभन्दा धेरै पीडित सम्पर्कमा आएका छन् । उजुरी गर्नेहरूले ५ करोड रुपैयाँभन्दा धेरै गुमाएको बताएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियारका चार पूर्वपदाधिकारीको मिलमतो शीर्षकमा छापिएको अर्को समाचारमा अख्तियारका चार पदाधिकारीको मिलेमतो देखिएको खबर छापेको छ ।

करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजुरीलाई अनुसन्धान नगरी असफल बनाएका हुन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा ‘भूमिसुधार र मालपोतका उजुरीमा सेटिङ’ मिलाउने कर्मचारीलाई विज्ञ बनाइ छानबिनको जिम्मा दिने र उजुरीकर्तामाथि प्रहरी लगाएर धरपकड गर्ने काम गरेका थिए।

त्यस्तै दीप बस्न्यातले सचिव हुँदा अनेक विवादित र फर्जी प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेका थिए । अवकाशपछि अख्तियारको आयुक्त र प्रमुख आयुक्त भएका बेला ललिता निवासको उजुरीमाथिको छानबिनमा पनि प्रभावित बनाएका थिए ।

त्यस्तै ललितबहादुर लिम्बू र वेदप्रसाद सिवाकोटीले नौ महिनाको बीचमा दुईथरी निर्णय गरेका छन् । रोक्का रहेको जग्गा फुकुवा गर्न पनि पत्रचार गरेको फेला परेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ७ : २८ बजे

मोरङमा मतदानका लागि आवश्यक सामग्री पठाउन सुरु

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङमा मतदानका लागि आवश्यक सामग्रीहरू

परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ

काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको

बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति

मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

काठमाडौं- इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी)