विप्लब समूहबाट नाम हटाउन निवेदन « Khabarhub

विप्लब समूहबाट नाम हटाउन निवेदन


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ-नेत्रविक्रम चन्द ‘विप्लब’ समूहमा आबद्ध व्यक्तिले सो समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लब समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउदले जानकारी दिए ।

त्यस्तै दुर्गाथली गाउँपालिका–७ बस्ने २८ वर्षीय सन्तोष दौल्यालले आफू विप्लब समूहमा नरहेको र आगामी दिनमा नरहने प्रतिबद्धतापत्रसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गरेका छन्।

प्रहरीमा निवेदन पेश गरेपछि उनीहरुको नाम अभिलेखबाट हटाइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए । प्रहरीले जिल्लाका उक्त समूहमा आबद्ध हुनेमाथि निगरानी बढाएको छ । पछिल्लो समयमा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ९ : ४३ बजे

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना

स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार 

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि

वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ

गोदावरी– कैलालीको वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त