सप्तरीमा दुर्घटना : तीनको मृत्यु « Khabarhub

सप्तरीमा दुर्घटना : तीनको मृत्यु


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज (शनिबार) भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१ख ४१२३ नंको ट्रकलाई सोही दिशाबाट आइरहेको ना५ख ७९३७ नंको बसले पछाडिबाट ठक्कर दिँदा उक्त बस अनियन्त्रित भई सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको चिया पसललाई भत्काएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

सो पसलमा चिया पिउन बसिरहेका सप्तरीको कञ्चनरुप नगरपालिका–८ बस्ने ६५ वर्षीय देवनारायण महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो दुर्घटनापछि बसमा सवार र चिया पसलमा बसिरहेका अन्य आठ घाइते भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

घाइतेको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ भने चालक र ट्रक तथा बसलाई नियन्त्रमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइलले पैदलयात्रीलाई ठक्कर दिँदा अन्दाजी ७० वर्षीय छुतहरु दासको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नागरपालिका–३ स्थित पोर्ताहामा पनि मोटरसाइकल दुर्घटनमा परी आज एकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को१ज ३५६२ नंको गाडीले सोही दिशातर्फ जाँदै गरेको को१५प ५५४५ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी हनुमाननगर कंकालिनी नागरपालिका–३ पोर्ताह बस्ने २२ वर्षीय शङ्कर पघैया यादवको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  १० : ४६ बजे

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले