२५ वर्षीया सरिता मृत भेटिइन | Khabarhub Khabarhub

२५ वर्षीया सरिता मृत भेटिइन


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरका अन्य परिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुलाललाई हिजो दिउँसो घरको कोठामा नै मृतावस्थामा फेला पारेको हो । उनको घाँटीमा सानो डोरीको डाम बसेको, उतानो अवस्थामा फेला पारेको र उनका श्रीमान् फरार रहेको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान् सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र ६ महिनासम्म सुधार केन्द्रमा राखेर डेढ महिना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका दुलालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर ज्यान गयो
काभ्रेको बनेपा ७ धनेश्वरका रुपबहादुर आलेमगरको घरमा ढलान गर्ने क्रममा करेन्ट सर्ट हुदा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । सिन्धुली सुनकोशी ५ का ४० वर्षीय शङ्कर तामाङको घटनास्थलमा मृत्यु भएको डिएसपी दिपकुमार गिरीले बताए । प्रहरीका अनुसार शुक्रबार राति ढलान गर्ने क्रममा ढलान गर्ने मिक्सरमा करेन्ट सर्ट भएर उनको मृत्यु भएको हो । अहिले उनको शव पोष्टमार्टमका लागि बनेपा स्थित शिरमेमोरियल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ११ : ३० बजे

‘युद्धमा सबैभन्दा पहिले सत्य मर्छ’

कल्पना गर्नुहोस्, कति मूर्ख हुनुपर्छ दुई आणविक शक्ति सम्पन्न देशबीच

आजका लागि फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म्याग्दीको प्रभुचेलामा ध्यानका लागि पूर्वाधार निर्माण

म्याग्दी– सामुदायिक ध्यान केन्द्र सञ्चालनका लागि म्याग्दीको मालिका गाउँपालिका– ७

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

झापा– झापाको मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य वनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको