आगलागीबाट जोगाउन तीनसय सुरक्षित घर बनाइदै « Khabarhub

आगलागीबाट जोगाउन तीनसय सुरक्षित घर बनाइदै


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- वर्षेनी आगलागीको जोखिममा रहेको नरैनापुर गाउँपालिकाका खर (फुस) को छाना भएको घर हटाइने भएको छ । छ वडा रहेको उक्त गाउँपालिकामा पहिलो चरणमा प्रत्येक वडामा अति विपन्न ५० परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउन लागिएको हो । बाँके क्षेत्र नं १ का सङ्घीय सांसद महेश्वरजङ्ग गहतराज (अथक)को अध्यक्षतामा हालै सम्पन्न सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले नरैनापुर गाउँपालिकामा ३ सय वटा टिनले छाएको घर बनाउने निर्णय गरेको हो ।

पाँच नं प्रदेशकै पिछडिएको गाउँपालिकामा सूचीकृत उक्त गाउँपालिकाको प्रत्येक वडामा ५० वटाका दरले छ वटा वडामा ३ सय बनाउनका लागि प्रत्येक वडाले यसै हप्ताभित्र १० दिने सूचना जारी गरी निवेदन माग गर्ने र मापदण्डअनुसार ३ सय घर छनोट गरी कार्यक्रम अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले बताए ।

सङ्घीय सांसद गहतराज संयोजक रहेको उक्त समितिमा जिल्ला समन्वय समितिको सभापतिमा अजय श्रीवास्तव तथा सदस्यहरूमा गाउँपालिका अध्यक्ष अध्यक्ष साह र सङ्घीय आयोजना कार्यान्वयन एकाइ प्रमुख अथवा आयोजा प्रमुख रहेका छन् ।

सदरमुकाम नेपालगञ्जदेखि करीब ४० किलोमिटर दक्षिणपूर्व भारतसँग सीमा जोडिएको उक्त गाउँपालिकामा अधिकांश घर फुसले छाएका छन् । फुसको छाना भएका बस्तीमा एक घरमा आगो सल्किदा गाउँनै ध्वस्त हुने समस्या रहेकाले फुसको छानो हटाउने अभियानमा लागेको सांसद गहतराजले बताए।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  १ : ४१ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।