खुलामञ्चका सटरमा डोजर चल्यो, पसलेले सामान निकाल्न भ्याएनन् « Khabarhub

खुलामञ्चका सटरमा डोजर चल्यो, पसलेले सामान निकाल्न भ्याएनन्


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खुलामञ्च अतिक्रमण गरी निर्माण गरिएका सटरमा महानगरपालिकाले डोजर चलाएको छ ।  अवैध रुपमा निर्माण गरिएका ४० वटा सटरमाथि शनिवार महानगरले डोजर चलाएको हो ।

खुलामञ्च अतिक्रमण गरी सटर निर्माण गरिएको भन्दै व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले डोजर चलाउने निर्णय गरेको थियो ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको समाचारहरु बाहिरिएपछि भएपछि चौतर्फी विरोध भएको थियो ।

महानगरपालिकाले सडट भत्काउन शुरु गरेसँगै खुल्लामञ्चमा रहेका पसलेहरु सामान संकल गर्न थालेका थिए ।

कतिपय पसलेहरुले भने पर्याप्त सूचना विना नै महानगरले डोजर चलाएको भन्दै आक्रोश पोखिरहेका थिए ।

डोजर चलाउने भएसँगै खुल्लामञ्चमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । सर्वसाधारणलाई भित्र प्रवेश गर्न दिइएको थिएन ।

महानगरले डोजर चलाउँदा कसैले अवरोध गरेका थिएइनन् । बरु पसलेहरु आफ्नो समान संकलनका लागि लागेका थिए । शनिवार भएका कारण केही पसलहरु बन्द थिए । उनीहरुको सटर भत्किएपछि सामानहरु यताउति छरिएको अवस्थामा रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  २ : १० बजे

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर