हेलिकोप्टरबाट विषाक्त मासु खसालेर २० लाख जंगली बिरालो मार्दै अष्ट्रेलिया सरकार | Khabarhub Khabarhub

हेलिकोप्टरबाट विषाक्त मासु खसालेर २० लाख जंगली बिरालो मार्दै अष्ट्रेलिया सरकार


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– अष्ट्रेलियाले जंगलमा रहेका २० लाख भन्दा धेरै बिरालो मार्ने योजना अघि सारेको छ ।

अष्ट्रेलियाका स्थानीय वन्यजन्तुलाई नकारात्मक असर पुर्‍याइरहेको भन्दै अष्ट्रेलियाको सरकारले २० लाख जंगली बिरालोलाई मार्ने योजना अघि सारेको हो । हाल अष्ट्रेलियाका जंगलमा २० देखि ६० लाखसम्म जंगली बिरालो रहेको अनुमान छ ।

यस योजनाअनुसार आगामी वर्षबाट हेलिकोप्टरबाट विषाक्त मासु जंगलमा खसालेर बिरालोलाई मारिनेछ । अष्ट्रेलिया सरकारले विज्ञप्ति जारी गर्दै जंगली बिरालोले अष्ट्रेलियाको वन्यजन्तु र जंगली वातावरणलाई नकारात्मक असर पुर्‍याइरहेकाले त्यसलाई निवारण गर्नु यो कार्यक्रमको उद्देश्य रहेको जनाएको छ ।

अठारौँ शताब्दीमा युरोपबाट बिरालो अष्ट्रेलियामा ल्याइएको र त्यसयता बिरालोकै कारण अष्ट्रेलियाका २७ भन्दा धेरै स्तनधारी प्राणी लोप भइसकेको बताइन्छ ।

यो योजना अनुसार कङ्गारुको मासु, कुखुराको बोसो र जडिबुटीमा १०८० नाम गरेको विष मिलाएर हेलिकोप्टरबाट बिरालो रहेको जंगली क्षेत्रमा चारो हालिनेछ । १०८० नामक विषाक्त पदार्थ जनावरका लागि निकै नै घातक हुने गर्छ । त्यसपछि चारो खाएको १५ मिनेटभित्रै बिरालोको ज्यान जाने अनुमान छ ।

चारो हालेर बिरालो मार्नेबाहेक केही अवस्थामा सरकारले गोली हानेर र जालमा फसाएर समेत बिरालो मार्ने जनाइएको छ ।

त्यसबाहेक अष्ट्रेलियाका केही राज्यले जंगली बिरालो मारेर ल्याउनेलाई पुरस्कारको समेत व्यवस्था गरेका छन् । यसअनुसार क्विन्सल्याण्ड राज्यले जंगली बिरालो मारेर ल्याए ७ अष्टे«लियन डलर उपलब्ध गराउँदै आएको छ ।

सरकारको यस्तो कदमको भने अष्ट्रेलियाका पशु अधिकारवादी संस्थाले भने चर्को विरोध गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ८ : २६ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’