हेलिकोप्टरबाट विषाक्त मासु खसालेर २० लाख जंगली बिरालो मार्दै अष्ट्रेलिया सरकार « Khabarhub

हेलिकोप्टरबाट विषाक्त मासु खसालेर २० लाख जंगली बिरालो मार्दै अष्ट्रेलिया सरकार


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– अष्ट्रेलियाले जंगलमा रहेका २० लाख भन्दा धेरै बिरालो मार्ने योजना अघि सारेको छ ।

अष्ट्रेलियाका स्थानीय वन्यजन्तुलाई नकारात्मक असर पुर्‍याइरहेको भन्दै अष्ट्रेलियाको सरकारले २० लाख जंगली बिरालोलाई मार्ने योजना अघि सारेको हो । हाल अष्ट्रेलियाका जंगलमा २० देखि ६० लाखसम्म जंगली बिरालो रहेको अनुमान छ ।

यस योजनाअनुसार आगामी वर्षबाट हेलिकोप्टरबाट विषाक्त मासु जंगलमा खसालेर बिरालोलाई मारिनेछ । अष्ट्रेलिया सरकारले विज्ञप्ति जारी गर्दै जंगली बिरालोले अष्ट्रेलियाको वन्यजन्तु र जंगली वातावरणलाई नकारात्मक असर पुर्‍याइरहेकाले त्यसलाई निवारण गर्नु यो कार्यक्रमको उद्देश्य रहेको जनाएको छ ।

अठारौँ शताब्दीमा युरोपबाट बिरालो अष्ट्रेलियामा ल्याइएको र त्यसयता बिरालोकै कारण अष्ट्रेलियाका २७ भन्दा धेरै स्तनधारी प्राणी लोप भइसकेको बताइन्छ ।

यो योजना अनुसार कङ्गारुको मासु, कुखुराको बोसो र जडिबुटीमा १०८० नाम गरेको विष मिलाएर हेलिकोप्टरबाट बिरालो रहेको जंगली क्षेत्रमा चारो हालिनेछ । १०८० नामक विषाक्त पदार्थ जनावरका लागि निकै नै घातक हुने गर्छ । त्यसपछि चारो खाएको १५ मिनेटभित्रै बिरालोको ज्यान जाने अनुमान छ ।

चारो हालेर बिरालो मार्नेबाहेक केही अवस्थामा सरकारले गोली हानेर र जालमा फसाएर समेत बिरालो मार्ने जनाइएको छ ।

त्यसबाहेक अष्ट्रेलियाका केही राज्यले जंगली बिरालो मारेर ल्याउनेलाई पुरस्कारको समेत व्यवस्था गरेका छन् । यसअनुसार क्विन्सल्याण्ड राज्यले जंगली बिरालो मारेर ल्याए ७ अष्टे«लियन डलर उपलब्ध गराउँदै आएको छ ।

सरकारको यस्तो कदमको भने अष्ट्रेलियाका पशु अधिकारवादी संस्थाले भने चर्को विरोध गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ८ : २६ बजे

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा – गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या