यज्ञ तथा हवनको सम्बन्ध ऊर्जा र पर्यावरणीय विज्ञानसँग | Khabarhub Khabarhub

यज्ञ तथा हवनको सम्बन्ध ऊर्जा र पर्यावरणीय विज्ञानसँग


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेददेखि लिएर पूजन पद्धतिसम्मको हरेक कार्यमा यज्ञ तथा हवनको महत्व उल्लेख गरिएको छ । यज्ञलाई सनातन संस्कृतिको एक महत्वपूर्ण हिस्सा मानिन्छ ।

यद्यपि, यो कुनै धार्मिक काम मात्र नभएर यज्ञ एक महत्वपूर्ण विज्ञान पनि हो । यज्ञका लागि जुन रुखको काठ तथा अन्य चिजको प्रयोग गरिन्छ, त्यसमा विशेष प्रकारको गुण रहेको हुन्छ । यज्ञमा प्रयोग हुने यस्ता हरेक सामग्रीको वैज्ञानिक महत्व रहने गरेको छ । यस्ता सामग्रीको समिश्रणबाट विशेष गुण तयार हुन्छ र जल्ने क्रममा वायुमण्डलमा विशिष्ट प्रभाव उत्पन्न हुनेगर्छ । वेद मन्त्रहरुको उच्चारणको शक्तिबाट उक्त प्रभाव अझ बढ्ने गर्छ ।

जुन व्यक्ति यज्ञामा सहभागी हुन्छ । उनीहरुमाथि तथा नजिकको वायुमण्डलमा यसको धेरै प्रभाव पर्छ । वैज्ञानिकहरुले अहिलेसम्म कृतिम वर्षा गर्ने कार्यमा सफलता प्राप्त गर्न सकेका छैनन् । तर यज्ञद्वारा वर्षा गर्न सफल भएका थुप्रै घटना छन् । सुख, समृद्धि, वर्षा, आरोग्य, शान्तिका लागि ठूला–ठूला यज्ञको आवश्यकता पर्दछ । यद्यपि, साना हवन कार्यले पनि मानिसलाई आफ्नो सीमा तथा मर्यादा भित्रको कार्यमा लाभ प्रदान गर्ने गर्दछ ।

यज्ञमा औषधिका रुपमा प्रयोग हुने रुखका टुक्रा, जौँ, तिल, गाईंको दूधबाट बनेको घिऊ र करिब ५५ किसिमको फरक फरक औषधिबाट हवन गर्ने परम्परा रहेको छ । यी औषधिले पर्यावरणमा सकारात्मक ऊर्जाको निर्माण गर्दछ । साथै थुप्रै किसिमका रोग फैलाउने किटाणुलाई नष्ट गर्न पनि सहयोगी भूमिका खेल्दछ । प्रकृतिलाई सन्तुलित राख्न तथा वातावरणलाई दुषित हुनबाट यज्ञ कार्यले बचाउने धार्मिक शास्त्रका साथै वैज्ञानिक अध्ययनले देखाएका छन् ।

यज्ञ र हवनमा के फरक ?
हवन यज्ञको एक छोटो रुप हो । कुनै पनि पूजा तथा जप आदि कार्यपछि अग्निमा दिइने आहुति प्रक्रिया हवनको रुपमा प्रचलित छ । यज्ञ भने कुनै खास उद्देश्यले देवता विशेषलाई दिइने आहुति हो । यसमा देवता, आहुति, वेद मन्त्र, ऋत्विक, दक्षिणा अनिवार्य रहेको हुन्छ । हवन हिन्दू धर्ममा शुद्धीकरणको एक कर्मकाण्ड हो । कुण्डमा अग्निको माध्यमबाट देवताको नजिक हवि (यज्ञको अग्निकुण्डमा आहुति दिइने पदार्थ, घिउ, चरु आदि हवनीय द्रव्य) पुर्‍याउने प्रक्रियालाई हवन भनिन्छ ।

हवनकुण्डमा अग्नि प्रज्वलित गरेपछि उक्त पवित्र अग्निमा फल, घिऊ, काठ (दाउरा) आदि चिजको आहुति दिइन्छ । यदि तपाईंको आसपास कुनै नराम्रो आत्मा आदिको प्रभाव रहेको छ भने हवन प्रक्रियाबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । शुभकामना, स्वास्थ्इ एवं समृद्धिका लागि हवन गरिन्छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ७ : ३५ बजे

रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

रसुवा– उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरको परीक्षण उत्पादन सफल

मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं– मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ

लैनो गाईको फाँचोमा पुगेको किर्नोलाई रगतकै रस

कथा यसरी शुरु हुन्छ- एक अति जिद्दी बालकले बाबुआमासँग छेपारो

महोत्तरीको सम्सीमा निःशुल्क पशु स्वास्थ्य शिविर

महोत्तरी– महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा तीन

गोरखा नगरपालिकामा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’का सेवा

गोरखा- गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’का लागि विभिन्न सेवा