आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ ८ गते शुक्रबारको राशिफल


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ  – आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२६ मे २२ तारिख । अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : शुभ दिन छ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ। धार्मिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। आज नियमित काम भन्दा ठुला योजनामा हात नलगाउनु राम्रो हुन्छ।  शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

वृष : दिन सामान्य छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। आज मनमा गुम्सिएका भावना सार्वजनिक गर्नु उचित हुनेछ। आम्दानीका दृष्टिले दिन सहज छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

मिथुन : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। प्राप्त सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। व्यवहार गर्न नजान्दा परिवारमा भने खटपटी बढ्नेछ। खानपानमा विशेष ध्यान दिनु उचित हुन्छ ।

कर्कट : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जत जोगाउन मिहिनेत गर्नुपर्ने समय आएको छ। यात्रा गर्नु अगाडि धार्मिक कार्यमा सहभागी भएमा राम्रो हुनेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ।

सिंह : दिन सहज छ। शिक्षामा सुधार हुने छ। पठनपाठनमा मन जानेछ। साथीको सहयोग प्राप्त हुनेछ। विवाद समाधानमा तपाईंको भूमिका महत्तवपूर्ण हुनेछन्। परिवारमा भने गोपनीयता भंग नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीले खुशी दिनेछ। परीक्षा लेखेको भए तपाईंको पक्षमा नतिजा प्राप्त हुनेछ। व्यापारमा नाफा हुने योग छ भने निजी क्षेत्रको लगानीबाट समेत फाइदा हुनेछ। परिवारमा भने तनाव बढ्ने जोखिम छ।

तुला : दिन सहज छ। मनका नराम्रा भावना हटेर जानेछन्। बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नु उचित हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। व्यापारमा गरेको लगानीबाट नाफा होला ।शिक्षामा मिहिनेतको खाँचो छ ।

वृश्चिक : दिन सहज छ। शुभग्रहको बहुमत छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारले निगरानी गर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने समय छ।

धनु : दिन सामान्य छ। आफ्ना भनेकै साथीले विरोध गरेको सुन्नु पर्नेछ। थोरै बोलेर काममा मिहिनेत गर्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यमा सफलता मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

मकर :  दिन राम्रो छ। हरेक क्षेत्रमा काम गर्नु अगाडि सोच्नु पर्नेछ। विपक्षी साथीसँग सचेत भएर काम गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। काम गर्दा थप मिहिनेत गर्नुपनर्ने दिन छ । व्यापारमा नाफा हुनेछ ।

कुम्भ : तपाईंले गरेको कामको जस अरुले लिनेछन्। श्रम शोषण गर्ने व्यक्तिसँग सचेत बन्नुपर्नेछ। व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सफल बन्नेछ।

मीन : दिन सामान्य छ । बोल्नु अगाडि सोच्नुपर्ने दिन छ। व्यापारमा सहकार्य गरेमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।शिक्षामा मिहिनेतको खाँचो छ ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ५ : १३ बजे

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई

म्याग्दीको मुनामा पक्की नाला निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको