आनन्ददायी निन्द्राका लागि सुत्ने कोठाको वास्तु यस्तो राख्नुहोस् « Khabarhub

आनन्ददायी निन्द्राका लागि सुत्ने कोठाको वास्तु यस्तो राख्नुहोस्


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- राम्रो निन्द्राका लागि अनुकूल वातावरण भयो भने मानिसलाई आनन्द मिल्छ । शारीरिक तथा मानसिक ऊर्जा प्राप्त गर्न  आनन्ददायी निन्द्राको आवश्यकता पर्छ ।

चिनियाँ शास्त्रमा आरामदायी निन्द्रा ऊर्जालाई एकत्रित गर्ने माध्यम हुने बताइएको छ ।  जुन स्थानमा दिनचर्याको एक तिहाइ समय व्यथित गर्छौं, उक्त स्थानमा यस प्रकारको शयन कक्षको व्यवस्था हुनु हो भने हामी घोडा बेचेर चैनको निन्द्रा लिन सक्छौँ । शिथिलतालाई कम  सक्छौं ।

शयन कोठामा फूलको उपयोग

फेन्ग शुईमा फूलबाट अग्नि तत्वको ऊर्जा उत्पन्न हुने मानिन्छ । त्यसैले शयक कक्षमा फूललाई राख्न उचित हुँदैन । शयन कक्षमा फूल रहेको अवस्थामा राम्रो निन्द्रा लाग्दैन । यद्यपि, दाम्पत्य जीवनमा नैरसता या रोमान्समा कमीको प्रतित भएमा शयन कक्षमा फूल उपयोगी सिद्ध हुन सक्नेछ ।

पानीको ट्यांकी

तपाईंको सुत्ने स्थानको ठीक माथि पानीको ट्यांकी रहेको छ भने त्यसबाट तपाईंको जीवनमा पृथकता, स्थिरता, निराशात्मकता, अकर्मण्यता, चिसोपना आउने आशंका रहन्छ ।

यस्तो अवस्थामा तपाईंले घरको छत मुनी कृत्रिम छत अथवा कपडा, काठ आदि लगाउनु उचित हुनेछ । यस्तो कुनै वस्तु लगाउनु होस्, जुन तपाईंको पलंगमाथि रहोस् । लामखुट्टे झुल लगाएर सुत्दा पनि आफु सुत्ने स्थानमाथि पानी ट्यांकी हुँदा पर्ने प्रभावको दुष्परिणाममा कमी आउने छ ।

आलिङ्गनयुक्त चित्रको प्रयोग

तपाईंको सुत्ने कोठामा स्नेह झल्काउने चित्रहरुको प्रयोग गर्नु उचित हुनेछ । एकअर्कालाई माया गरिरहेका हाँसका जोडी, आलिंगनयुक्त माछा, अन्य पंक्षी या पशुको चित्र जो हिंस्रक नहुन्, आपसमा स्नेहको मुद्रा झल्किएका तस्बिर राखेमा तपाईंको निन्द्रा आनन्ददायी हुनेछ ।

यस्ता वस्तु नराख्नुहोस् शयन कोठामा

सुत्ने कोठामा जल तत्वसँग सम्बन्धित कुनै पनि सामग्री या झल्काउने सामग्री राख्नु उपयुक्त हुँदैन । नदी, समुद्र तथा जल स्रोत चित्रित कुनै पनि तस्बिर नलगाउनुहोस् ।

द्रव्य पदार्थले भरिएका सामग्री पनि सुत्ने कोठामा नराख्नुहोस् । अर्थात राखी हाले पनि अत्यन्तै कम राख्नुहोस्, जस्तै दुग्ध, शर्बत तथा रक्सीको बोतल ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १० : ०१ बजे

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा

आइसीसी एकदिवसीय विश्वकप छनोट : १२ टोलीले मात्रै ‘सुपर १२’ खेल्ने

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०२७ मा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, आयोगको प्रमुख आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज