बैतडी, तनहु र बर्दियाका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला, स्थानीय आतंकित « Khabarhub

बैतडी, तनहु र बर्दियाका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला, स्थानीय आतंकित


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैतडी, तनहु र बर्दियाका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकामा आज (सोमबार) बिहान शंकास्पद वस्तु फेला परेको छ ।

वडा नम्बर ३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।

प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा ती वस्तु राखिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।

त्यस्तै तनहुँमा दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्यास नगरपालिकको मुसीखोला भन्ने स्थानमा शंकास्पद वस्तु फेला परेको हो ।

नाहला राखिएको शंकास्पद वस्तु भने नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए । नेपाली सेनाको टोलीले मुसीखोलामा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको छ ।

यसैगरी महोत्तरीको बर्दिवास नगरपालिकाको मुल गेटमा शंकास्पद वस्तु फेला परेको छ ।

कागजको कार्टुन भित्र प्रेसर कुकर र तारहरु भेटिएकाले त्यो बम भएको हुन सक्ने अनुमान गरिएको छ ।

डिस्पोजका लागि सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको प्रहरी नावय उपरीक्षक निशान खड्काले बताए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ८ : ४५ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली