संविधानमा प्रेस स्वतन्त्रताबारे जे लेखिएको छ त्यो हामीले लेखेका हौं –प्रचण्ड « Khabarhub

संविधानमा प्रेस स्वतन्त्रताबारे जे लेखिएको छ त्यो हामीले लेखेका हौं –प्रचण्ड


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैको साझा उदेश्य भनेको राष्ट्रलाई सुदृण गर्ने गरि अघि बढ्ने हुनु पर्ने बताएका छन् । यो संकल्प कुनै विचार मान्यताले कमजोर हुन नहुने प्रचण्डको भनाइ थियो ।

कृष्णसेन इच्छुक स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले पत्रकारिता, साहित्य, राजनीति लगायतले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्ने बताए ।

‘हाम्रो पत्रकारिताले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ कमजोर होइन’ प्रचण्डले भने,‘ राष्ट्रिय एकतालाई कमजोर पर्ने पत्रकारिता, लेख, रचना, समाचार वा प्रचार छ भने ‘समथिङ इज रङ’ भन्ने हुन्छ, त्यसलाई हामी समर्थन गर्न सक्दैनौं ।’

राष्ट्रिय एकता र भौगोलिक अखण्डता बलियो पार्ने दायित्व पत्रकार, साहित्यकार मानवअधिकारवादी राजनीतिज्ञ लगायत सबैको भएको प्रचण्डको भनाइ थियो ।

सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक लगायतका विधेयक पास हुने एउटा प्रकृया भएको भन्दै प्रचण्डले समाजमा चलेका बहसबारे केही परिमार्जन गर्नुपर्ने भए त्यो परिमार्जन हुने बताए । उनले संसदमा छलफल हुने र विधि अनुसार त्यो आउने बताए ।

प्रचण्डले अराजकता स्वतन्त्रता नभएको भन्दै स्वतन्त्रता र अनुशासन एक अर्कासँग असाध्यै घनिष्टतासँग जोडिएको बताए ।

‘संविधानमा प्रेस स्वतन्त्रता बारे जे लेखिएको छ त्यो हामीले लेखेका हौं । मौलिक अधिकार हामीले राखेको हो’ प्रचण्डले भने,‘ त्यसको जिम्मा नेपाली जनाताले दिएको हो, त्यसलाई हामीले पुरा गरेको हौं ।’

संविधानलाई आफूहरुले धर्मशास्त्रको रुपमा नबुझेको प्रचण्डको भनाइ थियो । आवश्यक परेको दिन संविधानलाई संशोधन गर्न सकिने उनले बताए ।

संविधानले भने भन्दा विपरित भावनामा ऐन कानूनहरु नबनाइने प्रचण्डको भनाइ थियो । ‘यदी बनाउनुपर्ने भयो भने संविधान संशोधन गरेर बनाइन्छ । त्यसको केही आधारहरु छन्’ प्रचण्डले भने ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ९ : ५७ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी