संसदमा गृहमन्त्रीको जवाफ– विस्फोट गराउनेलाई नागरिक भन्न मिल्दैन | Khabarhub Khabarhub

संसदमा गृहमन्त्रीको जवाफ– विस्फोट गराउनेलाई नागरिक भन्न मिल्दैन


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले आइतबार काठमाडौंका विभिन्न ठाउँमा भएका विस्फोटमा मृत्यु भएका व्यक्ति (नागरिक) नभएको बताएका छन् ।

सर्वसाधारणलाई लक्षित गरी विस्फोट गर्ने गरी विस्फोटक पदार्थ बनाउँदै गर्दा पड्केर उनीहरुको ज्यान गएको गृहमन्त्रीको भनाइ छ ।

विस्फोटमा घटना घटाउन खोज्ने व्यक्तिको ज्यान गएको उल्लेख गर्दै गृहमन्त्री थापाले उनीहरु नागरिक नभएको पनि बताए ।

सोमबारको प्रतिनिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नजको जवाफ दिने क्रममा गृहमन्त्री थापाले भने, ‘ती (विस्फोटमा मारिएका व्यक्ति) सामान्य नागरिक होइनन् भन्ने हो, ती जनता होइनन् ति घटना घटाउन खोज्ने हुन् ।’

राजधानीका २ ठाउँ (सुकेधारा र घट्टेकुलो)मा विस्फोटक पदार्थ बनाउँदै गर्दा विस्फोट भएको गृहमन्त्री थापाले संसदलाई जानकारी गराए ।

‘विस्फोटक पदार्थ बनाउन खोज्दा विस्फोट भएको छ । दुई ठाउँमै विस्फोटक पदार्थ बनाउने विस्फोट भएर उनीहरुको मृत्यु भएको हो,’ गृहमन्त्री थापाले भने ।

विस्फोटन गराउने, गैरकानूनी र आपराधिक क्रियाकलाप गर्ने/गराउने व्यक्तिलाई नागरिक भन्न नमिल्ने पनि गृहमन्त्री थापाको भनाइ थियो ।

यसअघि सोमबारकै संसद बैठकमा बोल्ने क्रममा गृहमन्त्री थापाले विस्फोटका क्रममा नागरिकको मृत्यु नभएको बताएका थिए । गृहमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरुले विस्फोटमा मारिएकाहरु नेपाली नागरिक नभइ को हुन् ? भनि प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री थापाले भने, ‘विस्फोटन गराउने, गैरकानूनी र आपराधिक क्रियाकलाप गर्ने/गराउने व्यक्तिलाई जनता भन्न मिल्दैन, शव्दको चयनमा कमी भएको हुन सक्छ, ति घटनासँग सम्बन्धित मानिस हुन् ति सामान्य नागरिक भन्ने हो ।’

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ४० बजे

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद