संसदमा गृहमन्त्रीको जवाफ– विस्फोट गराउनेलाई नागरिक भन्न मिल्दैन « Khabarhub

संसदमा गृहमन्त्रीको जवाफ– विस्फोट गराउनेलाई नागरिक भन्न मिल्दैन


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले आइतबार काठमाडौंका विभिन्न ठाउँमा भएका विस्फोटमा मृत्यु भएका व्यक्ति (नागरिक) नभएको बताएका छन् ।

सर्वसाधारणलाई लक्षित गरी विस्फोट गर्ने गरी विस्फोटक पदार्थ बनाउँदै गर्दा पड्केर उनीहरुको ज्यान गएको गृहमन्त्रीको भनाइ छ ।

विस्फोटमा घटना घटाउन खोज्ने व्यक्तिको ज्यान गएको उल्लेख गर्दै गृहमन्त्री थापाले उनीहरु नागरिक नभएको पनि बताए ।

सोमबारको प्रतिनिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नजको जवाफ दिने क्रममा गृहमन्त्री थापाले भने, ‘ती (विस्फोटमा मारिएका व्यक्ति) सामान्य नागरिक होइनन् भन्ने हो, ती जनता होइनन् ति घटना घटाउन खोज्ने हुन् ।’

राजधानीका २ ठाउँ (सुकेधारा र घट्टेकुलो)मा विस्फोटक पदार्थ बनाउँदै गर्दा विस्फोट भएको गृहमन्त्री थापाले संसदलाई जानकारी गराए ।

‘विस्फोटक पदार्थ बनाउन खोज्दा विस्फोट भएको छ । दुई ठाउँमै विस्फोटक पदार्थ बनाउने विस्फोट भएर उनीहरुको मृत्यु भएको हो,’ गृहमन्त्री थापाले भने ।

विस्फोटन गराउने, गैरकानूनी र आपराधिक क्रियाकलाप गर्ने/गराउने व्यक्तिलाई नागरिक भन्न नमिल्ने पनि गृहमन्त्री थापाको भनाइ थियो ।

यसअघि सोमबारकै संसद बैठकमा बोल्ने क्रममा गृहमन्त्री थापाले विस्फोटका क्रममा नागरिकको मृत्यु नभएको बताएका थिए । गृहमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरुले विस्फोटमा मारिएकाहरु नेपाली नागरिक नभइ को हुन् ? भनि प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री थापाले भने, ‘विस्फोटन गराउने, गैरकानूनी र आपराधिक क्रियाकलाप गर्ने/गराउने व्यक्तिलाई जनता भन्न मिल्दैन, शव्दको चयनमा कमी भएको हुन सक्छ, ति घटनासँग सम्बन्धित मानिस हुन् ति सामान्य नागरिक भन्ने हो ।’

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ४० बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक