स्वदेश फर्किएकाको त्रास– बाटोमा हिँड्दाहिँड्दै बम पड्किन्छ कि ? « Khabarhub

स्वदेश फर्किएकाको त्रास– बाटोमा हिँड्दाहिँड्दै बम पड्किन्छ कि ?


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं– विमानस्थलमा सवारी सधान कुरीरहेका काभे्रका मनोज ढल्लाकोटी ओमनबाट सोमबार(आज) विहान ८ वजेको उडानमा नेपाल अवतरण भएका हुन् ।

विमानस्थलमा उत्रिएपनि डल्लाकोटी दुई घन्टादेखि त्यतिकै यताउती घुमेर समय कटाइरहेका थिए । गन्तव्यमा पुग्ने सवारी साधन नपाएपछि उनी के गर्ने कसो गर्ने भन्ने सास्तीमा थिए ।

ओमनमा हुँदै बन्द र विस्फोट भएको समाचार सुनेपछि नेपाल आउनै डर लागेको उनले बताए ।

‘बाटोमा हिँड्दा हिँड्दै बम विस्फोटमा परिन्छ छ कि भनेर केही बेर बिमानस्थलमा नै बसें,’ ढल्लाकोटीले खबरहबसँगको कुराकानीमा बताए ।

त्यस्तै कतारबाट स्वदेश फर्किएका स्याङजाका कुमार मगरपनि बन्दमा हिँड्न डरलागेपछि करीब दुई घन्टा विमानस्थलमै बसेको बताए ।

‘एकतिर बन्द छ अर्कोतिर ठाँउठाँउमा बम भेटिएको समाचार आएको छ, यस्तो बेलामा कसरी हिँड्नु’ मगरले भने ।

उनीहरुसँग गु्रपमा रहेका सवै जना एउटै गाडीमा चढेर होटलसम्म जाने विषयमा छलफल गरिरहेका थिए । ‘गाडीमा पनि बम पो पड्किने होकि ?’ छेउमै रहेका अर्का एक जनाले भने ।

ललितपुरका मनोस गौतम दिउँसो १२ बजेको कतारका लागि उडान भएपनि बन्द कारण घरबाट ८ बजे नै विमानस्थल पुगेको बताँउछन् ।

घरबाट विमानस्थलसम्म आइपुग्दा गौतमलाई बाटोमा कैत बम पो विस्फोट हुन्छ की भनेर डर लागेको उनले सुनाए । बन्द भएपछि टयाक्सीले दोब्बर भाडा तिर्दा पनि हिँड्न नमानेको गौतमले बताए ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको समूहले सोमबार आह्वान गरेको बन्दको प्रभाव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत परेको हो । अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानबाट विमानस्थलमा अवतरण गरेका यात्रुहरुले बन्दका कारण गन्तव्यमा पुग्न गाडी पाउन सकेका छैनन् । भने विदेश हिँडेकाहरु पनि लगेज गुडाएर आइरहेका देखिएको छ ।

बन्दका कारण थोरै मात्र सवारी साधन चलेपछि गाडी पाउन मुश्किल परेको यात्रुहरुको भनाइ छ ।

त्रिभुवन बिमानस्थलबाट वैदेशिक रोजगार जाने र आउनेहरुले सवारी साधन नपाउँदा सास्ती पाएका छन् भने विमानस्थल अगाडी यात्रुहरुको चाप बढेको छ ।

विमानस्थलको प्रतिक्षालयमा र पार्किङमा सवसाधरणको भीड देखिन्छ । उनीहरु लगेज विसाएर गाडी प्रतिक्षा गरिरहेका छन् र विदेशबाट आउनेहरुले देशको अवस्था पहिलेको जस्तै भएको भन्दै चिन्ता व्यक्त गरिरहेका थिए । विमानस्थल आसपास नेपालीमात्र नभएर विदेशी पर्यटकको संख्या पनि बाक्लैछ ।

आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोट भएपछि यातायातका साधन त्रासका कारण कम चलेका छन् ।

विमानस्थलको आगामन र प्रवेश विन्दुको वारीपरि वैदेशिक रोजगारीमा जाने र आउनेको भीड लागेको छ । बन्द कारण सवै जना उडान समयभन्दा ३ घन्टा अगाडी विमास्थलमा पुगेर बसेका थिए भने विदेशबाट आउनेहरु दुई तिन घन्टादेखि विमानस्थलमा यताउती गर्दै बसेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १ : १३ बजे

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको

अपर ठूलोखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय लाइनमा जोडियो

म्याग्दी– २२ दशमलव ५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट

तनहुँको घुमाउनेमा पुल नबन्दा सास्ती

तनहुँ– प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको

इरानका नयाँ सर्वोच्च नेता बारे ट्रम्पको आशंका- ‘सुन्दैछु उनी जीवित छैनन्’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता