विप्लव वार्तामा आउनका लागि अन्तिम गतिविधि गरिरहेका छन् : प्रचण्ड « Khabarhub

विप्लव वार्तामा आउनका लागि अन्तिम गतिविधि गरिरहेका छन् : प्रचण्ड


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विराटनगर– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले हाल प्रतिबन्धमा रहेको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्व समूहले वार्तामा आउनका लागि अन्तिम गतिविधि गरिरहेका बताएका छन् ।

आइतबार राजधानीमा भएको बम विस्फोट र सोमबार भएको बन्द आह्वान विप्लव समूह वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको पनि प्रचण्डको भनाइ छ ।

सोमबार विराटनगर पुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केही ठाउँमा बम विस्फोट हुँदा राजनीतिक स्थिरता नडगमगाउने पनि बताए ।

‘यो विस्फोट, बन्द आदि शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि गर्नुभएको हो कि ?’ प्रचण्डले भने, ‘मैले चाहिँ त्यसरी पनि बुझेको छु ।’

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १ : ०५ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि