ब्राजिलको जेलमा हिंसा मच्चिँदा १५ जनाको मृत्यु « Khabarhub

ब्राजिलको जेलमा हिंसा मच्चिँदा १५ जनाको मृत्यु


१३ जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल– ब्राजिलमा जेलमा हिंसा मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गएको छ ।

ब्राजिलको अमेजोनास राज्यमा रहेको जेलमा हिंसा मच्चेको हो । हिंसाका क्रममा अरु दर्जनौं घाइते भएका छन् ।

कैदीहरुले एकअर्काविरुद्ध चक्कु र अन्य घरेलु तथा साना हतियारले आक्रमण गरेको अधिकारीले जनाएका छन् । हिंसा मच्चिनुको कारणबारे अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

ब्राजिलका अधिकांश जेलमा क्षमताभन्दा धेरै दोब्बर कैदी रहेको तथा विभिन्न आपराधिक ग्याङ्गबीचको आपसी दुश्मनीका कारण बेलाबेला हिंसा मच्चिने गरेको छ ।

त्यस्तै कैदीहरुले गार्डमाथि हिंसात्मक आक्रमण गरी जेलबाट भाग्ने प्रयास पनि हुने गरेको छ । ब्राजिलका जेललाई संसारकै सबैभन्दा असुरक्षित मानिन्छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १ : १० बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली